Pokharapatra National Daily

पर्यटन दिवसमा जनप्रिय क्याम्पसमा अन्र्तक्रिया कार्यक्रम

जनप्रिय बहुमुखी क्याम्पसमा पर्यटन दिवस जनप्रिय बहुमुखी क्याम्पसमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको छ ।
’रेमिनिन्सिङ टुर्स, ट्राभल एण्ड ट्रेकिङ बिजनेस इन पोखरा एण्ड वे फरवार्ड’ शीर्षकको सो प्यानल छलफलमा प्यानलिस्टको रुपमा, नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष सन्तोष पोख्रेल तथा टान पश्चिमाञ्चलका निवर्तमान अध्यक्ष हरी भुजेल रहेका थिए । प्यानलिस्टहरुले पोस्ट कोभिड पछी पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेको हुँदा यो क्षेत्रले अब गती समात्ने विचार व्यक्त गरेका थिए । उनिहरुले पर्यटन क्षेत्र मार्फत आगामी दिनमा देश ले अझ सम्रिधी हासिल गर्ने बताए ।
कार्यक्रमको शुभारम्भमा क्याम्पसका फ्याकल्टी मेम्बर बिष्णु तिमील्सिनाले विश्व पर्यटन दिवस माथि एक विशेष प्रस्तुती राख्दै पर्यटन दिवसको औचीत्य माथि प्रकाश पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख क्याम्पसका सहायक क्याम्पस प्रमुख भेषराज बरालले सो अन्र्तकृया कार्यक्रम, सिकाइको हिसाबले निक्कै फलदायी भएको विचार राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरी ज्ञानको दायरा फराकिलो बनाउदै लैजानु पर्ने तर्फ जोड दिएका थिए । फ्याकल्टी डाक्टर भावना पोख्रेल लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थी बिष्णु हरी तिमील्सिनाले स्वागत मन्तव्य राखेका थिए । क्याम्पसका फ्याकल्टी एवम् संचारकर्मी दीपेन्द्र पहारी मोडरेटरको भूमिकामा रहेको सो अन्र्तकृया कार्यक्रमको सन्चालन विद्यार्थीद्वय प्रकाश पौडेल र रोशनी खत्रीले गरेका थिए ।
उक्त कार्यक्रममा क्याम्पस अन्र्तगत ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट अध्ययनरत विभिन्न सेमेस्टरका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्