Pokharapatra National Daily

‘प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्छौ’


गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको एक मात्र सामुुदायिक अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताएका छन् ।
पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री बरालले प्रदेशको अस्पतालाई साधन सम्पन्न सहित अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताएका हुन् । आवश्यकताको आधारमा अस्पतालको भौतिक पूर्वाधार सहितको स्वास्थ्य सामाग्रि उपलब्ध गराउन प्रदेश सरकारले पहिलो प्रथामिकता राखेर सहयोेग गर्नै पर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशका जनतालाई स्वस्थ्य राख्न र सरुवा रोगहरुबाट बच्न र बचाउनको लागि पनि पूर्व तयारी गरेर बस्नको लागि अस्पतालको स्तरउन्नती गर्नैै पर्नेमा मन्त्री बरालको जोड थियो । प्रदेशको एउटा मात्र सामुदायिक अस्पताल भएकोले पैसाको अभावले अस्पतालको कुनै पनि सेवा प्रभावित पार्न नहुने उनको भनाई थियो ।
उनले भने “सवै हिसावले अस्पताललाई साधन सम्पन्न तुल्याउनको निम्ति अस्पताल व्यबस्थापन समिति र प्रदेश सरकारको समन्वय राम्रो हुनु पर्छ, यस अस्पतालमा न्यूनतम आधारभूत स्वास्थ्य सेवा राम्रो छ भन्ने सन्देस मुलुकमा दिन आवश्यक छ, प्रदेशका गरिब, दुःखी र विपन्न बर्गका जनतालाई सेवा दिन सक्नु पर्छ । ” प्रदेशको महत्वपूर्ण सम्पत्तिलाई व्यबस्थित बनाउदै लैजाने सरकारको दाहित्व समेत भएको मन्त्री बरालले जनाए । उनले भने “थोरै जनशत्ति लियर सकरात्मक ढंगले कोभिड रोकथाम र त्यसबाट बचाउन अस्पतालबाट भएको प्रयास प्रशंसा गर्न योग्य छ, तपाईहरुले जागिर मात्र खानु भएन, सेवको भूमिकामा अहोरात्र खटिरहनु भयो अस्पतालका निर्देशक सहितको सिंगो टोलीलाई धन्यवाद दिन चहान्छु ।” अस्पतालका निर्देशक डा.विकास गौचनले अस्पतालको बारेमा मन्त्री समक्ष जानकारी गराएका थिए । अस्पतालमा नयाँ भवन सहितको अब क्यान्टिन, पार्किङ लगायतका भौतिक संरचना निमार्णको क्रममा रहेको बताएका डा. गौचनले ५० वेडको कोभिड उपचार केन्द्रमा हाल २७ जना बिरामीहरुको निःशुल्क उपचार भई रहेको जनाए । प्रदेश सरकारको स्वामित्वमा आएको १३ महिनामा उक्त अस्पतालबाट करिब ८ सय ५० जना कोरोनाका बिरामीको उपचार भएको उनले जनाए । विभिन्न अनुदानबाट अस्पतालमा गत आर्थिक बर्ष ११ करोड ४१ लाख रुपैया प्राप्त भई प्रति कोभिड बिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यबस्थापन भएको निर्देशक डा. गौचनको भनाई थियो । अस्पताल व्यबस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्ण प्रसाद पौडेलले मुठ्ठीदानबाट स्थापना भएको अस्पताललाई हाल प्रदेश सरकारले स्वामित्वमा लिए पछि अब कोभिड संगै न्यूनतम २५÷३० वेडको जनरल(ओपीडी) सेवा समेत संचालन गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्