Pokharapatra National Daily

लेकसिटी कलेजका प्रमुख गण्डकी विश्वविद्यालयका डिन

 

पोखराको गैंह्रापाटनमा रहेको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका क्याम्पस प्रमुख डा. कपिल अधिकारी गण्डकी विश्वविद्यालयको डिनमा नियुक्त भएका छन् ।
२०७५ साउनवाट लेकसिटी कलेजमा क्याम्पस प्रमुख समालेपछि आज सम्म विद्यार्थीको नसा नसामा वग्न सफल थिए डा. अधिकारी । विद्यार्थी सँग जुन आत्मियता थियो कलेजका सम्पूर्ण कर्मचारीको मुटु सरी धानको भकारी झै भरीएका थिए कपिल । उनै वहुप्रतिभाका धनी डा. कपिलले अमेरिकाको टेक्सास विश्वविद्यालयवाट विद्यावारीधी र अमेरिकाकै टेक्सास विश्वविद्यालयवाट डक्टरेट गरेका छन् । करिव सात वर्ष अमेरिकामा अध्ययन गरी सिकेको ज्ञान र देखेको विषयलाई मातृभूमीमा उतार्न आफ्नै जन्मथलो फर्केका हुन अधिकारी । अमेरिका वसाईमा मासिक सात लाख कमाइ हुँदा हुँदै पाँच वर्ष अघि नेपाल फर्केका डा अधिकारी लेकसिटी कलेजको प्रमुख भएपछि आँफुले सिकेको अनुसन्धानमुलक विद्यी क्याम्पसका हरेक विद्यार्थीमा सिकाउँदै आएका थिए । क्याम्पस परिवारले हार्दिक वद्याइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ । अधिकारीको नेतृत्वले उन्नति र प्रगति सँगै देशको आर्थिक विकासको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने क्याम्पस परिवारले विश्वास लिएको छ । लामो समय देखी लेकसिटी कलेजमा प्रमुख भइ शिक्षामा प्राविधिक र अनुसन्धानलाइ जोड दिंदै आएको स्मरणले खुशी व्यक्त गर्दै लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका संचालक समितिका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाले विश्वविद्यालयको शिक्षामा पनि गुणात्मक आउने भने । विश्वविद्यालय द्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. अधिकारीले नियुक्ती संगै शुक्रबार पदबहाली समेत गरेका छन् । गण्डकी विश्वविद्यालयको स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयको कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारी हुँदै साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय)को डिन पदमा राष्ट्रिय प्रतिष्पर्धा बाट डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले बताए । “डा.अधिकारीको वैदेशिक अध्ययनको अनुभवले गण्डकी विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिएको छु”, कुलपति देवकोटाले भने ।
गण्डकी विश्वविद्यालयले तीन वटा विषयमा अध्ययन अध्यापन शुरु गर्ने जानकारी दिंदै उपकुलपति देवकोटाले आश्विन १७ गते बाट अध्ययन अध्यापन शुरु गर्ने बताए । विश्वविद्यालयले नेपालमा नै पहिलो पटक शुरु गरेको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको अध्ययन अध्यापन लेखनाथ भण्डारढिक स्थित नेपाल आदर्श मावीमा शुरु गर्ने भएको छ बिफर्मा विषयको पोखरा ३२ स्थित ज्ञानकुञ्ज मावी र सूचना प्रविधि विषय महेन्द्रपुलबाट शुरु गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्