Pokharapatra National Daily

सिप अनुसारको काम, काम अनुसारको दामको सिस्टम ल्याउछौंः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सिप अनुसारको काम र काम अनुसारको दाम पाउने सिस्टम ल्याउने बताएका छन् ।
नेकपा माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति कास्कीको मंगलबार आयोजना भएको पूर्ण बैठकमा सम्बोधन गर्दै मन्त्री बरालले देशका लाखौं युवालाई स्वदेशमै रोजागार सृजना गर्ने गरी सिप अनुसारको काम र काम अनुसारको दाम पाउने सिस्टम ल्याउने बताएका हुन् । माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले देशमा समाजवाद ल्याई छाड्ने दाबी गरे । नेपालमा अब एउटै कम्यूनिष्ट केन्द्र आवश्यक भएको उनको भनाई थियो । एकता सहितको रुपान्तरणमा आजको आवश्यकता भएको मन्त्री बरालले बताए । केही समय पश्चात नेकपा एकिकृत समाजवादीमा एमाले भित्रको ठुलो शक्ति प्रबेश गर्ने भएको मन्त्री बरालको भनाई छ । कम्यूनिष्ट आन्दोलनमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो घात गरेको उनको आरोप थियो ।
जनअपेक्षाकृत केही कामहरु गर्न नसकेको बताउदै मन्त्री बरालले पार्टी एकता र पार्टी फुटको दोष जनता भन्दा नेता नै रहेको जनाए । कागेंस एमालेका जस्ता उद्योगी व्यवसायीहरु भन्दा माओबादी केन्द्रका व्यवसायीहरुले बढी जनमुखी हुन मन्त्री बरालले सुझाव दिए ।

प्रतिकृया दिनुहोस्