Pokharapatra National Daily

पोखरा क्षेत्रका अधिकांश अस्पतालको नविकरण गर्न ढिलाई

पोखरा क्षेत्रका अधिकांश निजी अस्पतालहरुको नविकरण गर्न ढिलाई भएको छ । गत आर्थिक बर्षदेखि कोरोनाको प्रभाव देखा परेसंगै पोखरा महानगरको स्वास्थ्य महाशाखा र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समयमै अस्पतालहरुको निरिक्षण नगर्दा पोखरा क्षेत्रका अस्पतालको नविकरण गर्न ढिलाई भएको निजी अस्पताल संचालकहरुले नै गुनासो गरेका छन् । एसोसिएसन अफ प्राईभेट हेल्थ इन्स्टिच्यूट अफ नेपाल (अफिन) गण्डकी प्रदेशको दोश्रो साधारण सभामा वोल्दै अस्पताल संचालहरुले आफुहरुको समयमै नविकरण गर्न सरकारी निकायले समयमै अनुगमन नगरेको गुनासो गरेका हुन्। आफुहरुले समयमै सरकारी निकायमा नविकरण गर्न आग्रह गर्दा पनि विगत दुई बर्षदेखि प्रायः अधिकांश पोखरा क्षेत्रका साना तथा ठुला निजी अस्पतालहरुको हालसम्म नविकरण नभएको अफिन गण्डकीका अध्यक्ष असोक पालिखेले बताए ।
सरकारी निकायको कारण पोखरा क्षेत्रका अधिकांश अस्पतालको नविकरण गर्न ढिलाई भएको उनको भनाई थियो । हरेक बर्ष सरकारी निकायको अनुगमन तथा निरिक्षण भए पश्चात वेड सङख्या र त्यसको सेवाको आधारमा नविकरण हुने गर्दछ ।
अध्यक्ष पालिखेले विना लगानीका नयाँ व्यवसायहरु आएको दाबी गरे । उनले भने “ कुनै अस्पतालमा बिरामीको मृत्यु हुदाँ त्यसको अनुसन्धान हुनु पुर्व वार्गेनीङ गर्ने अनि प्रशासनले पनि तपाईहरु मिल्नुहोस भन्ने तरीकारले विना लगानीका नयाँ व्यवसाय भित्रिएका छन, यो हाम्रो लागि निकै खतराको संकेत हो ।” गलत संस्कारलाई प्रशासनले नै निरुत्साहित गर्नुपर्ने अध्यक्ष पालिखेले जनाए । उनले भने “यदि कुनै चिकित्सक तथा अस्पतालको लापरवाही भएको खण्डमा कानुन अनुसारको कारवाही गर्न हामी पनि तयार भएको अबस्थामा जवरजस्ती बार्गेनीङ गरेर रमक अशुल्ने गलत संस्कार सुरु भएको छ, यसलाई सवैले तोड्नु पर्छ, स्वास्थ्य क्षेत्र सेवा मुलक हो, निजी क्षेत्रले लगानी गरे पछि प्रतिफल त पाउनु पर्यो नी । ” पोखरा क्षेत्रमा करिब २३ सहित गण्डकी प्रदेशमा निजी २८ वटा अस्पतालहरु रहेको अफिनका महासचिव श्रीकान्त खतिवडाले बताए । उत्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा.विनोद विन्दु शर्माले पोखरामा हेलि देखि सेवालिन आउन थालेकोले पोखरा क्षेत्रको स्वास्थ्य क्षेत्रमा थप गुणस्तरिय सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । पोखरा क्षेत्रमा रहेका धेरै अस्पतालहरु मध्य एउटा अस्पतालबाट मात्र नविकरणको बिषयमा चासो देखाएको अन्यले खासै चासो नदिएको उनले जनाए । गुणस्तरिय सेवा सहित स्वास्थ्यमा एकरुपता हुन शर्माको जोड थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले आगामी ४ बर्षमा मोडल अस्पतालको रुपमा प्रतिष्ठानलाई स्थापना गरेर छाड्ने दाबी गरे । अफिनका अध्यक्ष पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डा.पद्म खड्का, डा.राजन शर्मा, डा गिरीधारी शर्मा लगायतले पोखरामा मेडिकल टुरिजमको समेत धेरै सम्भावना भएकोमा जोड दिए ।

प्रतिकृया दिनुहोस्