Pokharapatra National Daily

बाबा आमाको स्मृतिमा रतनपाण्डे माविमा अक्षयकोष स्थापना

बाबु–आमाले छोराछोरीलाई भुलाउन कथा सुनाउँछन् । पुर्खाका इतिहास बताउँछन् । आफ्ना पालाको पुरानो स्मरण गराउँदै छोराछारी निदाउने सस्कृति बनेको थियो । तर वर्तमान प्रविधि सिकाउन हम्मे पर्छ । किन भने प्रविधि त छोराछोरीले आमा–बाबुलाई सिकाउँछन । एउटा छोराले बाबालाइ मोबाइलवाट फोटो खिच्न सिकाउँछन् । अर्को छोराले आमालाइ मोवाइल उठाउन सिकाउँछन् । आजका बच्चा जन्मनासाथै मोबाइल सिकेर आए जस्तो व्यवहार गर्दछन् । त्यसैले मोबाइल तिनको अभिन्न साथी भइसकेको हुन्छ । त्यस्तो साथीलाई एकैचोटि ऊबाट अलग गर्न खोज्नु प्राकृतिक नियमको सिद्धान्तले पनि प्रतिकूल हुन्छ । यो सत्यतालाइ अभिभावक र शिक्षक दुवैले ध्यान दिन जुरुरी देखीन्छ । हाम्रा बाबा–आमाले खुर्पीठ्याक, बञ्चरो, ढिकी–जाँतो र डाडू–पन्यू खेलाएजस्तै अहिलेका बालबालिकाले मोबाइल, ल्यापटप, ट्याबलेट, आइप्याड चलाउँछन् । यि सवै कुरा थाहा पाएका स्व गुरु प्रसाद र गोमा देवी वराललाइ गुगल अध्ययनले गहिराइमा पुगी सूचना मात्र पाइन्छ तर ज्ञान पाउन विद्यालयमा गएर पुस्तक पढ्नु पर्दछ भनेर छोरा मधुप्रसाद वराललाइ जिस्काउने गर्दथ्ये । हरेक भेटमा बाबा आमाले बाबु मधु पढ्नवाट कोही पनि बन्चित हुनु हुन्न हामीले भएपनि कसैलाइ पढाउनु पर्दछ भन्ने इच्छा आज असल छोरा छारीले पुरा गरिदिएका छन् । आफ्नो समाजमा सवैले पढ्न पाउन पर्दछ भनेर रातदिन चिन्तित रहेका बाबा आमाको इच्छा छोरा मधुको सक्रियतामा विनोद वराल र विन्धेश्वरी वराल गरी तीन जनाले बालवालिकालाइ पढ्नको लागि अक्षयकोष स्थापना गरेका हुन । सोही रकम पोखरा–१३ स्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्र्थीका लागि शिक्षण सिकाइमा सहज पु¥याउने उद्देश्यका साथ बिहीबार नगद रु. ६ लाखको अक्षयकोष घोषणा तथा नगद हस्तान्तरण गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १३ आर्बा स्थायी बसोबास भइ हाल काठमाडौँ रहेका मधु प्रसाद बराल, विनोद प्रसाद र विन्ध्येश्वरी बराल संरक्षक रहने गरी स्व. गुरु प्रसाद÷गोमादेवी बराल स्मृति अक्षयकोषको रकम एक कार्यक्रमबीच हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष लेख बहादुर तामाङ (दर्शन )ले सबैको साथ, सहयोग र योगदानले मात्र विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासमा टेवा पुग्ने बताए । अध्यक्ष लामाले सम्पूर्ण आर्बालीहरुको लामो योगदानबाट विद्यालय अहिलेको स्थितीसम्म आइपुगेको बताउँदै वडा कार्यालयको तर्पmबाट विद्यालयको स्तरोन्नतिका लागि पहल गर्ने भने । कार्यक्रममा अक्षयकोष दाताहरुको तर्पmबाट संरक्षक मधु प्रसाद बरालले धेरै विद्यालयहरुका बीचमा पनि रतनपाण्डे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी सार्वजनिक शिक्षाको सबलीकरणमा टेवा पु¥याउन पाएकोमा खुशी व्यक्त गरे । सकारात्मक सोचका धनी मधुले आज बाबाको इच्छा पुरा गराउन सफल हुनुको साथै जीवनमा खुशी भएका क्षण मध्य आज सवै भन्दा बढि आनन्दित भएको भने । समाजसेवी कृष्ण प्रसाद बराल, शिक्षासेवी विष्णुमाया सापकोटा लगायतले विद्यालयले गरेको पछिल्लो शैक्षिक सुधारबाट प्रभावित भएर सो अक्षयकोष स्थापना गरिएको बताए । अक्षयकोष दाताका आफन्त हरिश्चन्द्र सिग्देलले आफ्नो मामा र माइजुको नाममा स्थापना गरिएको अक्षयकोषले शिक्षा क्षेत्रमा ठूलो सहयोग पुग्ने विचार व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य विनोद बरालले स्वागत र सञ्चालन विद्यालयका प्र.अ. डिल्लीराम बरालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्