Pokharapatra National Daily

भिषण वर्षाले वडा न १३ मा रात भरी जागै

विहीवार विहानी । विहानको ठिक ६ जेको थियो । इन्द्रदाइ अथवा कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष इन्द्रवहादुर गुरुङको फोन को घण्टी बज्यो । यसो मोवाइल हेर्छु । किन विहानै फोन आयो भन्दै अन्तरनिहित संचार सुरु भयो ।
बुढीले फोन उठाउनुहोस न के हेरर बस्नुभएको भनिन् । फोन उठाएको मात्र के थिएँ । भाइ बरबाद भयो कमलपोखरीमा । म यहाँ वसेको ३० वर्ष भयो यति ठुलो पानी जमेको पहिलो पटक देखे । सिग्देल भाइ तुरुन्त आउनुहोस । छिटो हेर्न आउनुहोस । दाइको बोली मेरो लागि फूलको गोली ।
जुरुक्क उठेर आफ्नो नृत्य कर्म सकेर ठिक ६ः४५ बजे दाइको घर अगाडि पुगेर फोन गरें । दाइ पानी कता हो यहाँ त केही देखीन भन्दै थिएँ दाइले अहिले त सुक्यो होल अल्ली अगाडि जानुहोस भन्नु भयो । हनु पनि एक मिनेट अगाडि बढे कमलपोखरी अगाडि रहेका घरका पहिलो तलो पुरै जलमग्न । वुधवार राती १० बजे देखी परेको पानीले पुरै भाग भरिएर विहीवार दिउँसो सम्म पानीले हिडडुल गर्न गाह्रो भएको स्थानीयवासी दुर्गा कार्कीले पोखरापत्रलाइ वताइन । राती देखी घर माथि बसेर लाइट वाली बसेका व्यक्ति दिउसो सम्म घरवाट वाहिर निस्कने समेत अप्ठारो परेको कार्कीले भनिन् ।
हाम्रो घर अगाडि याहाँ सम्म आएको भनेर पानीको डोव देखाए स्थानीयवासीले । कमलपोखरीमा पानी डुवान देखीयो भने उता काहुँखोलाको पुलमा थुनीएर बाटो भरी पानी बग्नाले कतिको दोकानमा नोक्सन पुगेको स्थानीय वासी टंक वरालले वताए । काहुँखोलाको पुलमा थुनीनाले नजिकै रहेको भैसी फर्ममा एउटा लैनो भैसी र सयौ कुखरा अण्डाहरु नष्ट भएका फर्मका संचालक मुकुन्द बाँस्तोलाले पोखरापत्रलाइ वताए ।
विहीवार नै जेसिवीले पुलमा थुनीएको काठको मोडा फाले पछि साँझवाट पानी आफ्नै सतहमा वगेको स्थानीयवासी तथा प्रध्यापक किरण सिग्देलले वताए । पुलबाट पानीको निकास हुन थालेपछि कमलपोखरीमा जमेको पानी पनि विस्तारै घट्दै जाने वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले बताए ।

प्रतिकृया दिनुहोस्