Pokharapatra National Daily

पोखरामा पहिरोले पुरिदा ३ को मृत्यु, ३ वेपत्ता

बुधबार बेलुकादेखि परेको ठुलो वर्षादको कारण पोखरामा पहिरोको कारण ३ जनाको मृत्यु भएको छ भने एकै घर परिवारका आमा छोरा सहित ३ जना वेपत्ता भएका छन् ।
पोखरा २० भलाम स्थित र्यालेचौरको बस्ती माथिको जंगल सहितको भाग पहिरो गए पछि पहिरोले स्थानिय ४५ बर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती करिब ३७ बर्षींया सुनमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका करिब ३ बर्षका सन्तोस कुमार श्रेष्ठ पहिरोमा परि वेपत्ता भएका छन भने उनका करिब ९ बर्षका राजकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ । श्रेष्ठ परिवारको घर भन्दा करिब ४ सय मिटर माथिको जंगल सहितको भाग पहिरोको रुपमा आए पछि उनको हाल घर भएको कुनै नाम सिनाना समेन नरहने गरी पहिरोले लगेको पोखरा २० का वडा अध्यक्ष सिम गुरुङले बताए । विहानदेखि वेपत्ता भएका सन्तोसको खोजी घण्टौंसम्म खोजी कार्य गरे पनि हालसम्म उनको अबस्था पत्ता लगाउन नसकिएको उनले जनाए । कृष्णलाई उनको घर भन्दा करिब २ सय मिटर तलको भागमा स्थानियले उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा पुराए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका छोरा राजकुमारको स्थानियले उद्धार गरी हाल उनको मणिपालमा उपचार भई रहेको छ । त्यस्तै पोखरा भन्झ्याङका ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको घर माथि बाट आएको पहिरोमा परी मृत्यु भएको कास्कीका प्रहरी प्रवत्ता डिएसपी सुवास हमालले जनाए ।
त्यसै गरी पोखरा २० भलाम स्थित हरिहर गुफा भन्दा तल्लो क्षेत्र मुलवारीमा एकै घरका आमा छोरा पहिरोमा परि वेपत्ता भएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार वेपत्ता हुनेहरुमा करिब ३० बर्षीया बिष्णु सार्की र उनका उनका छोरा वेपत्ता भएका छन् । त्यसै गरी बाढी र पहिरोले गर्दा पोखरा सहित कास्कीका धेरै ठाउँमा प्रभावित भएको छ । पोखरा ३ नदीपुरमा गयरातिको बर्षातले गर्दा तीन वटा घरको वरण्डा सहितको पर्खाल र नाला समेत भाषिएको छ । स्थानिय देउ बहादुर पुन, बल बहादुर पुन र छविलाल पुन सहित विर बहादुर पुन सहित ५ घर जोखिममा परेको स्थानियले बताए । पोखरा ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बाढीले गर्दा पुगेको क्षती न्यूनिकरण गर्न आफुले महानगरसंग समन्वय गर्ने जनाए ।

प्रतिकृया दिनुहोस्