Pokharapatra National Daily

बोधराज वरालको स्मृतिमा रतन पाण्डेमा विद्यार्थीलाई सम्मान

पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसईईमा प्रथम र द्धित्तीय स्थान प्राप्त गर्नेलाई हालै सम्मान गरिएको छ ।
स्व. वोधराज वराल स्मृति जेहेन्दार छात्रवृत्ति कोष अन्तर्गत २०७६ सालको एसइइमा प्रथम हुने कुशल अधिकारी र द्धित्तिय हुने आशिका देवकोटालाई सम्मान गरिएको छ । त्यसैगरी २०७७ सालको एसइइमा प्रथम हुनृ संगिता बराल र द्धित्तीय हुने विनिता भुजेललाई पनि सम्मान गरियो । दुवै वर्षका उत्कृष्ट विद्यार्थीहरुलाई नगद २५ हजार सम्मानपत्र प्रदान गरिएको स्व. वोधराज स्मृति जेहेन्दार छात्रवृत्ति कोषका संस्थापक डाक्टर दिपक वरालले पोखरापत्रलाई बताए ।
जहेन्दार विद्यार्थीहरुलाइ लक्षित गरी अक्षय कोष स्थापना गरिएको भन्दै डा. वरालले आगमी दिनमा कोषलाई अझै बढाउने भने । जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वडा न १३ अध्यक्ष दर्शन लामाले शैक्षिक गुणस्तरीयताको लागि सबै मिलेर अगाडि बढ्न पर्ने धारणा राखे । वडा १३ मा रहेका विद्यालयहरुको गुणस्तर र प्राविधिक वृद्धिको लागि आँफु सदैव लागि पर्ने अध्यक्ष लामाले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम वरालले विद्यालयको शैक्षिक गणस्तर बढाउनको लागि विद्यार्थी, अभिभावक, समाजसेवी र जनप्रतिनिधिहरुको सहयोग हुनुपर्नेमा जोड दिए । सोही दिन रतन पाण्डे माविवाट अनिवार्य अवकास प्राप्त गरेका शिक्षक द्धय सरस्वती वराल र सुनीता वराललाई बिदाई गरिएको थियो ।

प्रतिकृया दिनुहोस्