Pokharapatra National Daily

राम बजारमा गाईजात्रा २०७८ सम्पन्न

राम बजार क्षेत्रमा २०६५ सालमा स्थापना गरिएको तायाः मचाः नाचको परम्परागत रूपमा संचालन गरिने गाईजात्रे पितृ कार्य यस वर्ष पनि कोरोना कहरको कारणबाट नाच नलिकाली थोरै भन्दा थोरैलाई सहभागी गराई छोटो दुरी कायम गर्दै सम्पन्न भएको छ । नेवा सामूदायका परिवारहरूमा स्वर्गारोहण हुनुभएका ब्यक्तिहरूको स्वर्गवासको कामना गर्दै राम मन्दिर रामबजारबाट शुभारम्भ गरिएको गाई निकाल्ने कार्यमा ५ वटा गाई सहभागी गराई कालीका मन्दिरको प्राङ्गणमा लागि नेवारी परम्परा अनुसार राम बजार ल्याह्म पुचः अध्यक्ष सुरज तझ्या, बिपिन गोशली,अंकित तण्डुकार लगायतका बाध्यबादक कलाकारहरूद्वारा बाजा गाँजाका साथ द्योःल्याह गरि पितृ कार्य सम्पन्न कार्यक्रममा स्व. भगवान राजभण्डारी र स्व. उमा देवी राजभण्डारीका छोरी अनिता राजभण्डारी, छोरा विशाल राजभण्डारी र गोपाल राजभण्डारीका परिवारको तर्फबाट १५ हजार १ सय ५ का साथ झ्याली १ सेट, स्व. हिमलाल प्रधानका श्रीमती चमेली प्रधान, छोरा सन्तोष प्रधान, संगम प्रधान र छोरी सम्झना प्रधानका परिवारको तर्फबाट १० हजार र झ्याली १ सेट, स्व. बद्रि नारायण राजभण्डारीका छोरा श्याम कुमार राजभण्डारी, बुहारी लक्ष्मी राजभण्डारी र छोरी रमा (राजभण्डारी) श्रेष्ठका परिवार बाट १० हजार ५, र स्व. सुन्तली जोशी स्व. दिल कुमार जोशी का छोरा अमृत कुमार जोशी, बिष्णु कुमार जोशी र अनिल जोशीका परिवारको तर्फबाट ५ हजार रूपैया सहयोग हस्तान्तर गरिएको कार्यक्रममा नाच समितिका गुरू सरन ताम्रराकार, समितिका पदाधिकारी, ल्याह्म पुचः, मिशा पुचः, वडा समिति कार्यालय वडा नं १० का कार्यवाहक वडा अध्यक्ष प्रतिभा बिक पोखरेलले कला संस्कृति र संस्कार बचाई राख्न राम बजार तायाः मचाः नाच समिति लागी परेको र वडाले समेत यस्ता सांस्कृति संरक्षणमा सहयोग गर्ने बताउनु भएको पितृ उद्धार कार्य मा वडा सदस्य दीपक बहादुर थापा लगायतका राम बजार बासीको उपस्थितीमा सम्पन्न पितृ उद्धार कार्यक्रममा रामबजारका सहयोगी मित्रहरू सबैलाई तायाः मचाः नाच समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले हार्दिक धन्यबाद ज्ञापन गर्नुहुँदै समुदायमा पर्ने शुख दुखकासबै कार्यमा एकजुट भै सहभागी र सहयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्