गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन) ले कृषि क्रान्ति गर्न युवा संगठित हुन हुनुपर्ने बताउनु भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) पोखरा २२ को भेला एवं सम्मेलनको उद्घाटन गर्दै मन्त्री बरालले कृषि क्रान्ति गर्न अब युवाहरु एक भई सामुहिक रुपमा कृर्षि उत्पादनमा लाग्नु पर्ने बताउनु भएको हो ।
उहाँले भन्नु भयो “अबका युवाहरु सामुहिक उद्योग तथा व्यवसाय एवं उत्पादनमा जोडिनु पर्छ, देशमा उत्पादनमा आत्मनिर्भर नभई आर्थिक विकास सम्भव हुदैन् ।” आर्थिक कायपलट गर्न व्यक्तिको मात्र नभई समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने मन्त्री बरालको भनाई छ । हिन्दु धर्म भित्र राजतन्त्र लुकेको मन्त्री बरालको दाबी छ । राजतन्त्रलाई पुनः पुनस्थापना गर्ने केही प्रयास भए पनि त्यसका बिरुद्ध अब युवा संगठन एक भई देश र विदेशमा रहेका बैरीहरुलाई एक पटक सन्देस दिन आवश्यक भएको मन्त्री बरालले बताउनु भयो । पहिलाको जनमुक्ति सेनालाई अब फर्मेसन गर्दै ठुला बिग्रेड बनायर जानुपर्ने अबस्था आएको उहाँको भनाई थियो । माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओबादीले नेपाली जनताको सिर झुक्ने काम नगरेको दाबी गर्नु भयो । उहाँले भन्नु भयो“हामीले वाई.सि.एल.लाई उत्पादन सेना बनाउन सकेनौं, केही युवामा भ्रम परेको छ, त्यसलाई तोड्दै अब उत्पादनमा केन्द्रित हुनुपर्छ ।” अबका युवाहरुलाई राजनीतिसंगै व्यवसायमा संलग्न गराउनु पर्ने उहाँको भनाई थियो । वाई.सि.एल.का केन्द्रिय सचिव विनय थापाले यही भदौं १२ र १३ गते काठमाडौंमा सेमिभर्चुअलको रुपमा वाईसिएलको भेला हुने भएको बताए । कोभिड १९ लगायतको परिस्थितीले गर्दा हाल धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको उनले जनाए ।
नेकपा माआबोदी केन्द्र पोखरा २२ का इन्चार्ज त्रिभुवन पौडेलले संगठन विस्तार गर्न आफ्नो क्षेत्रबाट भरपूर्ण रुपमा सहयोग हुने विश्वास दिलाय । नेकपा माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष चण्डीका प्रसाद बरालले पोखरा २२ को आधारभूत विकासको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिए । वाईसिएल पोखरा २२ का अध्यक्ष हेमराज बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कृषि क्रान्ति गर्न युवा संगठित हुन अर्थमन्त्री बरालको आग्रह
प्रतिकृया दिनुहोस्