Pokharapatra National Daily

रोटरी पोखराको सहयोग स्वास्थ्य केन्द्र वडा १३ मा

कोभिड १९ महामारीविरुद्ध लड्नका लागि रोटरी क्लव अफ पोखराले सोमवार पोखरा महानगरपालिका वडा न १३ मा स्थित शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
क्लवका निवर्तमान अध्यक्ष जितेन्द्र सिग्देलले वडा १३ का अध्यक्ष दर्शन लामा लगायत स्वास्थ्य केन्द्रका कर्मचारीलाइ संयुक्त रुपमा सो सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्रीमा थर्मगन एक थान, अक्सिमिटर एक थान, अक्सिजन कन्सन्ट्रेटर एक थान र अक्सिजन सिलिन्डर दुइ थान रहेको शहरी स्वास्थ्य केन्द्र वडा १३ की इन्चार्ज लिला गुरुङले वताइन् । शरीरका हरेक अंग र भागहरुलाई काम गर्नका लागि अक्सिजन चाहिने हुन्छ, सोही अक्सिजन सिलिन्डर क्लवले प्रदान गरेकोमा अध्यक्ष लामाले क्लवलाइ धन्यवाद दिए । स्वार्थ भन्दामाथि रहेर सेवा गर्ने प्रतिवद्धताका साथ अगाडि बढ्ने अभियान लिएर पोखरा नगरीमा रोटरी क्लव अफ पोखरा जन्म भएको क्लवका निवर्तमान अध्यक्ष सिग्देलले वताए । वडा १३ मा स्वास्थ्य सामग्री अझै आवश्यक परेका आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष सिग्देलले पोखरापत्रलाई वताए ।

प्रतिकृया दिनुहोस्