Pokharapatra National Daily

मानव सेवा आश्रममा सहयोग

नेपाल रेडक्रस सोसाइटी पोखरा –१० उपशाखाको सक्रियतामा तनहु तिन दोभान समाज युकेका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ र श्रीमती अग्नी माया श्रेष्ठद्वारा एक छाक खाना बराबरको रकम पोखरा महा नगर पालिका १७ छोरेपाटन स्थित मानव सेवा आश्रम मा रहेका असहायहरूका लागि लाग्ने रकम हस्तान्तर गरयो ।
उक्त कार्यक्रममा वडा नं १० का वडा सदस्य एवं नेपाल रेडक्रस सोसाइटी उपशाखा १० का सभापति सम्मर बहादुर श्रेष्ठले सहारा बिहिन जेष्ठ नागरिकहरूका साथै बेसहारा अभिभावकबिहिन, सुस्त मनस्थितिलाई आस्रित दिई मानव सेवा आश्रमले सबैको अभिभावकत्व प्रदान गरेको बताए । शारीरिक तथा मानसिक रूपमा अस्वस्थ भई खुला आकासमुनि रात बिताउन विवश घरवार बिहिन असहाय, बेसहारा जिवननै जोखिममा रहेका नागरिकलाई राज्यले जिम्मा लिनुपर्नेमा राज्यको भुमिकालाई आश्रमले सहयोग गरेको बताए ।
घर परिवारमा जानि नजानी गरिएका सानातिना कमिकमजोरी बाट कुनैपनि ब्याक्ति आश्रममा आउन र बस्न नपर्ने ब्यावस्था राज्यले मिलाउनु पर्ने बताउनु हुदै वडा नं १० ले हरेक बर्ष गर्दै आएको सहयोग पनि अलि कम भएको महसुस गर्नुभयो । उक्त मानब सेवा आश्रममा आश्रित असहायहरूलाई एक छाक खाना खुवाउन सहयोग हस्तान्तर कार्यक्रममा तिन दोभान तनहु समाज यूकेका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, श्रीमती अग्नी माया श्रेष्ठबाट २२ हजार ५ सय र समाजसेबी बिन प्रसाद गुरुङले थप सहयोग १ हजार ५० सहयोग आश्रमका सह– संयोजक सम्झना बास्तोला लाई हस्तान्तर गरिएको उक्त कार्यक्रममा सडक मानव देखि घरबार विहीनलाई आश्रमले आश्रय दिएको र सेवामा लागीपरेको हेर्न पाउदा एक तर्फ दुख र अर्को तर्फ सेवाको भावनामा लागिपरेको देख्दा हामीले गरेको सहयोग खासै नभएको बताउनु हुदै आफू यूके फर्केसी संस्थाका साथीहरूसंग सल्लाहा गरि सहयोग गर्ने बताउनुहुदै आश्रमको प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा उपशाखा १० का बिपत ब्यबस्थापन उपसमितिका संयोजक टुकाराम लामिछाने, उपशाखाका सदस्य एवं समाज सेबी बिन प्रसाद गुरुङ र सदस्य हिरा देबी श्रेष्ठ लगायतका ब्यक्तिहरूको उपस्थितिमा सहयोग हस्तान्तर कार्यक्रममा मानव सेवा आश्रम पोखरा १७ का सदस्य सदिश पुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्