Pokharapatra National Daily

मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री बराल मनाङको बाढी प्रभावित क्षेत्रमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी प्रसाद बराल जीवन मनाङको बाढी र पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।
सोमबार हेलिकोप्टर मार्फत मुख्यमन्त्री पोखरेल र अर्थ मन्त्री बराल सहितको टोली मनाङको बाढी तथा पहिरो प्रभावित क्षेत्र नासोँ गाउँपालिको वडा नम्बर १ ताल र वडा नम्बर ३ को धारापानी क्षेत्रको अवलोकन गरेका थिए ।
मुख्यमन्त्री पोखरेलले बाढी र पहिरो प्रभावित क्षेत्रको आवश्यकताको आधारमा जनताको आधारभूत आवश्यकता उपलब्ध गराउन सहयोग गर्ने जनाए । प्रारम्भिक चरणमा बाढी तथा पहिरो प्रभावितहरुलाई केही न केही राहत दिने आफुहरुको योजना रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
अर्थ मन्त्री बरालले बाढी र पहिरो प्रभावितहरुको पहिचान गरी तत्काल र दृर्घकालिन रुपमा उनीहरुको आधारभूत आवश्यकता पुरा गर्न सरकार कटिवद्ध भएको बताए । उक्त क्षेत्र प्रायःजसो बगरको रुपमा परिणत भएकोले अस्थायी बसोबास प्रभावितहरुलाई खान बस्नको मुख्य समस्या रहेको मन्त्री बरालले जनाए । पानीको वहावले अझै पनि केही घरमा प्रभाव पारेकोले उक्त क्षेत्रमा हाल बसोबास गर्न सक्ने अबस्था नभएको स्थानियदले गुनासो गरेका थिए ।
टोलीमा सांसद चिन्ता बहादुर घले, माओबादी केन्द्रका नेता अर्जुन लामा सहितको टोली सहभागि भएको थियो । नासो गाउँपालिका धारापानी, मनाङमा गत असार १ गते परेको अविरल बर्षादले मस्र्याङदी नदी र दुधखोलामा आएको बाढीका कारण गाँउका ९ वटै वडाहरु प्रभावित भएको नासाँे गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । बिषेशगरी वडा नम्बर १ ताल र वडा नम्बर ३ को धारापानीमा ८५ घर परिवार हाल पनि खुल्ला आकासमा बस्नुपर्ने बाध्यत भएको उनले गुनासो गरे । साथै बाढीले स्थानियको घरबास नै डुवान बनाएको छ भने खेतियोग्य जमिन समेत बगाएको केही भाग कटान गरेको मुल सडक र झोलुङगे पुल बगाएको, गोरेटोबाटो अबरुद्ध, संचार सेवा र बिद्युत सेवा समेत प्रभावित भएको स्थानियले गुनासो गरे ।

प्रतिकृया दिनुहोस्