Pokharapatra National Daily

हेमजाबासीको घर घरमै धारा जडान

गाग्रीमा पानी वोकेर खानेपानीको प्रयोग गर्दै आएका पोखरा २५, मुलपानी बाँसवोटका स्थानिय बासि यति वेला निकै खुसि भएका छन् ।
विगतका बर्ष देखि विभिन्न नप्रतिनिधि, पोखरा महानगर एवं पोखरा २५ वडा कार्यालयले समेत आफुहरुको माग सुनुवाई नभएको अबस्थामा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको पहलमा खानेपानीको परियोजना परेकोले हाल आफुहरुको घर घरमा धारा जडान गरिएको स्थानियले बताएका छन्।
मन्त्री बरालको पहलमा हेमजा बाँस्वोट क्षेत्रमा करिब एक सय घर धुरीमा धारा जडान कार्य करिब ९० प्रतिशत पुरा भएको पोखरा २५ को सिस्नेपारी खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष बाबुराम पौडेलले बताए । उनले भने “यस अघि हामीले पिउने पानी लिन कम्तिमा ५ सय मिटर टाडाको दुरीमा गाग्रीमा वोकेरै पानी खानुपर्ने बाध्यता थियो, अब त्यो समस्या हल भएको छ ।” जनतासंगको भेटघाटमा फिल्ड अवलोकन गर्दै मन्त्री बरालले हेमजा बासीको पहिलो माग पिउने पानी भएकोले त्यसको लागि सम्बन्धित निकायसंगको सहकार्यमा आफुहरुले पानी पाउदा आफुहरु हाल निकै हर्सित भएको स्थानिय मिलीजुली आमा समुहका अध्यक्ष सकुन्तला पहारीले बताइन् । हेमजाबासीको शुक्रबार बधाई ग्रहण गर्दै अर्थमन्त्री बरालले गत बर्ष पनि खानेपानीको पाइप सुइखेत खोलाले बगाउदा करिब ३ सय मिटर पाइप उपलब्ध गराउन पहल गरेको उल्लेख गर्दै जनताको पहिलो आवश्यकता पुरा गर्न पहल गर्नु आफ्नो कर्तव्य भएको बताए । हेमजावासीको दृण इच्छाशक्ति र जागरणले गर्दा आफ्नो पहलमा भएका कामको जस पाएको उनको भनाई थियो । हेमजावासीको आवश्यकता पुरा गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालले बताए । उनले भने“हामी जो कसैले घमण्ड गर्न हुदैन, आज सांसद, मन्त्री हुदैमा त्यो पद सधै रहदा पनि रहदैन हामी जनप्रतिनिधिहरु आफ्नो समय मिलायर जनता सामु गहि राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ । ” जनताको आवश्यकताको आधारमा सम्भव र फुर्सद भएसम्म आफु जनता सामु जाने अन्तरकृया गर्ने गरेको उनले जनाए । स्थानियले सुइखेतखोला वारपारको लागि पुल निर्माणको समेत माग गरे पछि मन्त्री बरालले यस बर्ष नपरेको योजना तत्तकाल केही गर्न नसकिने जनाउदै अर्को आर्थिक बर्षमा केही न केही सहयोग गर्ने बताए । त्रिपुरेश्वर महादेवको मन्दीर शिलन्यास तथा खानेपानीको अवलोकन गर्दै मन्त्री बरालले जनतालाई छिटो छरितो ढंगबाट सेवा दिन सके शुसासन हुने भनाई छ । खानेपानी डिभिजन गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले यसपाली हेमजाको मुलपानी वाँसवोट क्षेत्रमा हाल एक सय घर धुरीमा धारा जडान भएको बताए । पहिलो चरणमा करिब एक करोडको परियोजनामा उक्त क्षेत्रमा खानेपानीको काम भएको उनले जनाए । माओबादी केन्द्र पोखरा २५ हेमजा वडा कमिटिका अध्यक्ष माधवशरण पौडेलले पोखरा महानगरपालिका कार्यालयबाट यसकार्यकालमा खासै सहयोग नपाएको गुनासो गरे । आगामी निर्वाचनमा जनताको हकहितमा काम गर्ने व्यक्तिलाई जिताउनु पर्ने उनको भनाई थियो । कांग्रेस वडा कमिटिका सभापति मधुसुधन त्रिपाठीले मनत्री समक्ष पुल र मन्दिर निर्माणको लागि सहयोग गर्न आग्रह गरे ।
कालिका टोल विकास संस्थाका अध्यक्ष दीपक थापाले निर्वाचित अधिकांश जनप्रतिनिधिहरु आफ्नो निर्वाचन क्षेत्रमा नआएको अबस्थामा मन्त्री बराल पटक पटक आउदा आफुहरुलाई धेरै भरोसा भएको बताए । स्थानिय बिष्णुप्रसाद पौडेलले हाल आफुहरुको बस्ती नै पहिराको उच्च जोखिममा रहेको बताए । जग्गा दाता प्रेम प्रसाद पौडेलले जनताको आवश्यकता बुझ्ने मन्त्री बराल जस्ता नेताको खाँचो भएको बताए ।
सिस्नेपारी खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वार एशोसियसन कास्कीका उपाध्यक्ष दीपक पौडेल, मन्दिर निर्माण समिति अन्र्तगत अर्थ संकलन समितिका संयोजक खगेन्द्र पौडेल, सचिव छवीलाल पौडेल लगायतले उक्त क्षेत्रको बस्ती नै पहिरो, हाइटेन्सन र सुइखेत खोलाको उच्च जोखिम भएको गुनासो गरेका थिए । स्थानियहरुले मन्त्री बराललाई घडा सहित फल मालाले स्वागत तथा बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्