Pokharapatra National Daily

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ –मन्त्री बराल

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बराल(जीवन)ले प्रदेश बासीलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति कास्कीको पाँचौँ पदस्थापन दिवसका अवसरमा बुधबार आयोजित अनुगमन डायरी लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेशलाई चाहिने आवश्यक खोप उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरिएको जानकारी दिए । जिल्लाका विकास निर्माणको अनुगमनमा समन्वय समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले यसलाई कानूनीरुपमा बलियो बनाउन सरकारको तर्पmबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्त्री बराललाई समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरे । सो अवसरमा समन्वय समितिद्वारा तयार पारिएको अनुगमन पुस्तिकाको समेत लोकार्पण गरिएको थियो । गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, राजीव पहारी, मनबहादुर गुरुङ र मीना गुरुङले समन्वयको कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै सरकारले जनतालाई खोप उपलव्ध गराउन ढिलाइ गरेकोमा चिन्ता व्यक्त गरे । सीमित स्रोत साधन एवं संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले कानून नवनाउँदा अनुगमनमा देखिएका समस्याको समाधानमा अप्ठेरो पर्ने गरेको समन्वय प्रमुख क्षेत्रीले दुःखेसो व्यक्त गरे ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, समन्वय उपप्रमुख सावित्री भण्डारी, जिविस उपसभापति श्रीनाथ बराललगायतले अनुगमनका क्रममा देखिएको कमीकमजोरीको पाटोलाई कारवाहीको दायरामा ल्याउन कानूनी अभाव चुनौतीका रुपमा देखिएको धारणा राखेका थिए । ‘कृषि, पर्यटन, जलस्रोत, उद्योग र पूर्वाधार समन्वय र सहकार्यसहितको दिगो विकास, समृद्धि कास्कीको मूल आधार’ मुख्य नारासहित पदस्थापना दिवसका अवसरमा कार्यालय परिसरमा सरसफाइ, विगतमा रोपिएको बिरुवाको गोडमेल, अनुगमन डायरी लोकार्पण, सम्मानलगायतका कार्यक्रम गरिएको समन्वय अधिकारी नबराज बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्