Pokharapatra National Daily

व्यवसायी जीवन रक्षाकोष तत्काल कार्यान्वयनमा ल्याउछौं मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका साना तथा मझौला व्यावसायीहरुको हकहितको लागि तत्काल व्यवसायीक जीवन रक्षा कोष कार्यान्वयनमा ल्याउने बताएका छन् ।
पोखरा उद्योग बाणिज्य संघले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोनाबाट प्रभावित भएको व्यवसायीलाई माथि उठाउने गरी तत्काल कान्वयन हुने गरी व्यवसायीक जीवन रक्षा कोष कान्वयनमा ल्याउने बताएका हुन् । व्यवसायीक जीवन रक्षाकोषमा देखिएका कमीकमजोरीलाई सुधार गरी व्यवसायीलाई माथि उठाउन रणनिती योजनाका साथ आफुहरुले जतिल सक्दो छिटो कान्वयन गर्ने भएको उनले जनाए ।
सरकार गठन भएदेखि नै कोरोना बिरुद्धको खोप उपलब्ध गराउन पहल गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रथामिकता र आवश्यकताको आधारमा खोप उपलब्ध हुने विश्वास दिलाए । प्रदेशको उत्तरी नाका कोरोला र दक्षिणको नाका खुलायर चिन र भारतसंगको दोहोरो सम्बन्ध कायम गर्नुपर्ने उनको भनाई थियो । प्रदेश सरकार निजी क्षेत्रसंग उद्धार नितीले सहकार्य गर्दै अघि बढुने जनाए । निजी क्षेत्रको लगानीको वातावरण सृजना गर्न सरकारले अनुकुल वातावरण बनाउने भएको उनले बताए ।
प्रदेशका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्री कुमार खड्काले पहिलाका बजेटका आयातन हेर्दा प्रदेशका जनता प्रति थर्थाथ भन्दा टाडाबाट बजेट ल्याइएको आरोप लगाए । उनले भने “यसको आफनो सामर्थे भनेको ४ अर्ब ९८ करोड हो, महत्वकाक्षि भयर आन्तरिक राजश्वको परिकल्पना गरेर ल्याएको बजेट हो, त्यस कारण हामीसंग कम बजेट भएकोले गर्दा ठुला मेगा परियोजनामा लगानी गर्न सक्दैनौं ।” गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पुंजीको आधारमा प्रथामिकताको पहिचान गरी लगानी गर्नुपर्ने बताए । थोरै पुंजि त्यसमा कनिका छरेझै बजेट छर्दा पनि विकास गर्न कठिन हुने गरेको उनको भनाई थियो । अर्थमन्त्री बरालले निजी क्षेत्रलाई व्यबस्थित नबनायसम्म देशको उन्नती प्रगती नहुने दाबी गरे । उनले भने “राज्य व्यबस्थापक हो तर राज्यले सवै कुरा गर्नु पर्छ भन्न्ो बुझाई गलत हो ।” पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा, स्वास्थ्य तथा जनसङख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, कानुन संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापा लगायतले निजी क्षेत्रसंग सरकारले सहकार्य गर्दै उपयुक्त निती ल्याउनेमा जोड दिए । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा क्षेत्रयि अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ८१ प्रतिशत सम्पन्न भए पनि हवाई रुटको बिषयमा सरकारले हालसम्म कुनै गृहकार्य नगरेको दाबी गरे । कास्कीका तीन मन्त्री भएकोमा खुसि व्यक्त गर्दै उनले अब पनि कास्कीको विकास नभएमा उनीहरुलाई कुनै छुट नहुने जनाए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले निजी क्षेत्रलाई पनि सरकारले कोरोना बिरुद्धको खोप लगायने बिषयमा गम्भिर हुन आग्रह गरे । प्रदेशको राजधानि पोखरामा औधोगिक क्षेत्र स्थापना, बसपार्क, चक्रपथ आवश्यक भएको गिरीले जनाए ।
संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङगे) बाहेक सवै मन्त्रीहरु सहभागि हुनु भएको कार्यक्रम संयोजक अर्जुन पोखरेलले जनाए । आफुहरुले कोरोना कालमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै उक्त कार्यक्रम गरिएको महासचिव सुरेन्द्रमान विजुक्छेले बताए ।

प्रतिकृया दिनुहोस्