Pokharapatra National Daily

प्रदेशको विकासमा लाग्नेछु प्रदेश प्रमुख गुरुङ

हालै नियुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेखि भण्डारीले हालै नियुक्त गरेका गुरुङले सोमबार पदभार ग्रहण गरेका हुन् ।
सो अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हामी नेपालीले ६÷७ दशकदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै यसको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य हो भने । प्रदेश प्रमुख गुरुङलाई स्वागत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका लागि दशकौंदेखि सङ्घर्षरत व्यक्तिलाई प्रदेश प्रमुखको रूपमा पाइएको बताउँदै सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटिरहेका अवस्थामा प्रदेश प्रमुख गुरुङको उपस्थिति गौरवपूर्ण भएको उल्लेख गरे । उनले भने “लोकतन्त्रको स्थायित्व र यस प्रदेशका आम जनताको लोक तान्त्रिक हक अधिकार र विकासको लागि मलाई नेपाल सरकारले अभिभावकको रुपमा गण्डकी प्रदेशमा पठाएकोले मैले पनि प्रदेशको हकहितको लागि कटिवद्ध छु ।” नेपाल सरकारलाई धन्यवाद दिदै उनले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब ७ बर्ष मात्र भएकोले यसलाई संस्थागत गर्न सवै जिम्मेवार हुनु पर्नेमा जोड गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुख गुरुङलाई स्वागत गर्दै संघिय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्ने क्रममा प्रदेश रहेको उनले जनाए । नेपाली सेनाले प्रदेश प्रमुुखलाई पोखरामा स्वागत सहित सलामी समेत दिएको थियो । गण्डकी प्रदेशमा गुरुङ चौथो प्रदेश प्रमुख हुन । यस अघि बाबुराम कुंवर, अमिक शेरचन र सिता कुमारी पौडेल प्रदेश प्रमुखमा नियुक्त भएका थिए । यस अघि पौडेल नेकपा एमाले, शेरचन माओबादी केन्द्र, कुंवर कांग्रेस र गुरुङ कांग्रेसको सिफारिसमा प्रदेश प्रमुखमा नियुत्त भएका हुन् ।

प्रतिकृया दिनुहोस्