Pokharapatra National Daily

बुद्ध एयरले सुरु गर्यो पोखरा—नेपालगन्ज सिधा हवाई उडान

बुद्ध एयरले आइतबारदेखि पोखरा—नेपालगन्ज सिधा हवाई उडान सुरु गरेको छ ।
हप्तामा तीन दिन हवाई उडान संचालन गर्ने गरी आइतबार देखि बुद्ध एयरले पोखरा देखि नेपालगन्ज र नेपालगन्ज देखि पोखराको लागि उडान सुरु गरेको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।
पोखरा काठमाण्डौं, पोखरा भैरहवा, पोखरा भरतपुर सिधा हवाई उडान गर्दै आएको बुद्ध एयरले आइतबार देखि पहिलो चरणमा सानो १८ सिटे (१९००—डी) जहाजबाट हप्ताको तीन दिन उडान गर्ने गरी सुरु गरेको बरालले जनाए । आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन प्रायः विहान ९ः१० बजे पोखराबाट र नेपालगन्जबाट विहान १०ः०० हवाई उडान हुने तयारी गरिएको स्टेशन म्यानेजर बरालले जनाए ।
यात्रुको चाप अनुसार ४ हजार ९ सय ३५ रुपैया देखि ७ हजार ६ सय ३५ रुपैया भाडा शुल्कः निर्धारण गरिएको बरालले जनाए । उनका अनुसार आइतबार पोखरा देखि नेपालगन्ज जाने र नेपालगन्जबाट पोखरा आउने शतप्रतिशत सिटमा पर्यटकहरु जाने तथा आउने गरेका छन् ।
उनले भने “अहिलेको अबस्थामा हामीले दुई वटा नगरको पर्यटन प्रबद्र्धन हुने विश्वासका साथ सिधा हवाई उडान सानो जहाजबाट सुरु गरेका छौं, भोलि यात्रुको चाप र पर्यटकको माग बढेमा हामीले जहाज र दैनिक हवाई उडान समेत गर्न सक्छौं ।” कोरोनाको कारण गत वैशाख देखि ठप्प भएको हवाई उडान विगत एक महिना अघि देखि मात्र पुनः संचालन भएको हो ।
यसैबिच यसअघि पोखरा–नेपालगन्ज रुटमा सीता एयरले चार्टर्ड उडान गरेको थियो । विभिन्न प्रदेशहरुलाई जोड्ने गरी अन्य शहरहरुसंग समेत जोड्ने गरी हवाई उडान गर्ने तयारी गरिएको स्टेशन म्यानेजर बरालले हामीलाई बताए ।

प्रतिकृया दिनुहोस्