Pokharapatra National Daily

राम बजार तायाः मचाः नाचलाई सहयोग

राम बजार तायाः मचाः नाच समिति रामबजार १०–१५ द्वारा स्थापना कालमा अग्रिम सहयोग गर्ने सहयोगी दाता ततकालिन तिन दोभान तनहू समाज हङ्गकंङ्गका सल्लाहाकार दुर्गा प्रसाद श्रेष्ठ लाई स्वागत तथा सम्मान र रकम हस्तान्तर कार्यक्रम राम मन्दिर रामबजारको प्राङ्गणमा सम्पन्न ग¥यो ।
सम्मान, स्वागत तथा सहयोग हस्तान्तर कार्यक्रममा तिन दोभान समाज युकेका अध्यक्ष, पासा पुचः गुठी साउथ इष्ट लण्डन यूके का सल्लाहाकार तथा राम बजार तायाः मचाः नाच समितिका सस्थापक अग्रज सहयोगी दुर्गा प्रसाद श्रेष्ठको प्रमुख अतिथिमा मन्दिर को घन्टी बजाएर उद्‍घाटन गरि शुभारम्भ गरीएको उक्त कार्यक्रममा प्रमुख अतिथि दुर्गा प्रसाद श्रेष्ठ र उहाकि श्रीमती अग्नी माया श्रेष्ठलाई समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले खादा, टिका र मायाको चिनोले सम्मान र स्वागत गरेको थियो । सहयोग हस्तान्तर कार्यक्रममा प्रमुख अतिथि दुर्गा प्रसाद श्रेष्ठ ले नेवार समुदाय द्वारा सञ्चालन गरेको र आ–आफ्नै संस्कृतिमा रमाउन सबै नेपालीलाई सहभागी गराई शुभारम्भ गरिएको यस नाचमा म हङ्गकङ्गमा रहदा थोरै मात्र रकम संकलन गरि पठाउन सफल रहि बजारकै नाम बाट राम बजार तायाः मचाः नाच समिति बनेर आज नाच सुरू गरेको १४ बर्षमा प्रवेश गरेको सुन्न पाउदा ज्यादा खुसी लागेको बताउनुहुदै युकेमा हरेक बर्ष हुने स्थापना दिबशको अवसरमा बिश्वका धेरै देशका झाकीहरूको कम्पोटेशन हुने र नेवा समाज युकेले रामबजार संग समन्वय गरि यहाको नाच लैजाने कोसिस गर्दागर्दै जम्बोटोली भएको हुदा अलि कठिनाइ भएकोले अझै प्रयासरत रहेको बताउहुदै नाच सञ्चालनका लागी ५ हजार सहयोग प्रदान गर्नुभयो उक्त कार्यक्रममा नाच समितिका सदस्य एवं तायाः मचाः नाच प्रतियोगिताका आर्थिक संयोजक चित्र कुमार श्रेष्ठ र श्रीमती अम्बिका श्रेष्ठलाई अब केही दिनपछि नै अमेरिका प्रस्थान गर्ने भएकोले यात्राको शुभकामनाका साथ अमेरिका बसाई सफल रहोस भनि शुभकामनाका ब्यक्त गरिएको
उक्त कार्यक्रममा आउदै गरेको गाईजात्रा पर्व – २०७८ को सन्दर्भमा राम बजार क्षेत्रमा तायाः मचाः नाच न निकाल्ने तर परम्परालाई बचाइ राख्न स्वर्गारोहण भएका घर परिवार बाट गाई निकाली गाईलाई ब्यबस्स्थित तरहबाट कोभिड – १९ बाट हुनसक्ने कोरोना संक्रमण लाई न्यूनिकरण गर्न सामाजिक दुरी कायम गराई गाई निकाल्ने ब्यबस्था मिलाई परम्परा बचाउन सबैलाई अनुरोध गरियो । उक्त कार्यक्रममा राम बजार तायाः मचाः नाच समितिका सल्लाहकार नारायण प्रसाद उज्जर, राममन्दिर सञ्चालक समितिका अध्यक्ष जीबन श्रेष्ठ, राम बजार ल्याह्म पुच राम बजारका अध्यक्ष सुरज तझ्या, राम बजार नेवाः मिशा पुचः राम बजारका सदस्य लक्ष्मी राजभण्डारी लगायतका सहभागीहरूले आ–आफ्नो बिचार राख्नु हुदै बिशेष सावधानीका साथ कार्यक्रम सम्पन्न र परम्परा जोगाउनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा नाच समितिका उपाध्यक्ष नारायण श्रेष्ठ ले स्वागत गर्नुभएको उक्त स्वागत, सम्मान तथा रकम हस्तान्तर कार्यक्रममा नाच समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको समितिका सचिव विश्व तण्डकारले सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्