Pokharapatra National Daily

खुला सिमानामा खुला हत्या भन्दै वालिङमा बिरोध

श्रीकृष्ण सिग्देल, स्याङ्जा

सिमा क्षेत्रमा बस्ने नेपाली दाजुभाईको सुरक्षाको माग गर्दै वालिङमा बिरोध प्रदर्शन गरिएको छ ।
शुक्रवार दार्चुलाका जयसिंह धामीको तुइनबाट पार गर्दै गर्दा भारतीय एसएसबीले तुईन काटेर महाकलीमा बगेको घट्नाको र सिमा क्षेत्रमा बस्ने नागरिकको सुरक्षाका लागि वालिङमा बिरोध गरिएको हो ।
गैह्रराजनीतिक युवा संघ नामक दिइएको युवा पंक्तीले स्याङ्जाको वालिङमा बिरोध गर्दै कोण सभा गरेका थिए । हात–हातमा प्लेकार्ड बोकेका युवाहरुले भारतीय एसएसबीको ज्यादती बिरुद्ध नेपाल सरकारले तुरुन्तै कारवाहि गरी पिडितलाई न्याय दिन माग गरे । खुल्ला सिमानामा खुल्ला हत्या, सरकार जनताको सुरक्षा खोई ?, नागरिकलाई कसले सुरक्षा दिन्छ ?, जयसिंह धामी नेपाली नागरिक हैनन् ? भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड सहित युवाहरुले भारतीय एसएसबीको अमानवीय अक्षम्य अपराध र हेपहा प्रवृत्ति बिरुद्ध हदै सम्म कठोर कदम चाल्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका थिए । सामाजिक अगुवा दिनकर नेपाल र प्रकाश अर्यालले नेतृत्व गरेको बिरोध कार्यक्रममा नेपालको राष्टिञय झण्डा र कालो झण्डा बोकेर युवाहरुले सांकेतिक बिरोध निकालेका थिए । यस बिषयमा नेपाल सरकारले हदै सम्म दोशीलाई कारवाहिको माग गर्दै सिमा क्षेत्रमा रहेका नेपालीको सुरक्षाको प्रत्याभुति दिलाउन समेत आग्रह गरे । युवाहरुले इलाका प्रशासन मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाउने तयारी भएको बताइएको छ । शुक्रवार घरबाट काठमाण्डौ जान्छु भनेर हिडेका व्यास गाँउपालिका २ मालगाँउका धामी महाकाली नदीमा तुइन पार गर्दै गर्दा भारतीय सिमा सुरक्षा बलले तुइन काटेर महाकालीमा वगेर बेपत्ता भएका थिए । उनको सुरक्षा फौजबाट खोजी भएपनि अझै फेला परेका छैनन् ।
यस घट्नाबारे नेपाल सरकारले छानबिन समिति बनाएपनि आधिकारिक धारणा भने अझै सार्वजनिक भएको छैन । एक निर्दोश नेपाली नागरिकको दिनदहाडै तुइन पारगर्दै गर्दा काटेर हत्या गर्ने क्रुर अमानवीय व्यवहार प्रति अहिले नेपालभरका नेपाली आक्रोसित भएका छन् ।

प्रतिकृया दिनुहोस्