Pokharapatra National Daily

व्यवसाय संचालनको विकल्प छैनः अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले अब व्यवसाय संचालनको कुनै विकल्प नभएको बताएका छन् ।
कोभिड १९ (कोरोना शंक्रमण) बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउदै मन्त्री बरालले अब स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालन गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बताएका हुन ।
विगत दुई बर्ष देखि कोरोनाको प्रभाव नेपाल सहित विश्व व्यापी रुपमा रहेको उल्लेख गर्दै मन्त्री बरालले व्यवसाय संचालन गर्ने बिषयमा अब ढिला गर्न नहुने जनाए । उनले भने “कोरोनाको प्रभाव अझै कति बर्ष रहन्छ त्यसको बारेमा कसैलाई थाहा छैन, कोरोनाको प्रभाव धेरै बर्ष रहेमा हाम्रो अर्थतन्त्र कहाँ पुग्छ, कोरोनाले गर्दा देशमा हाल भयाभह हुने अबस्था आउन थाल्यो, अब मापदण्ड पालना गर्दै व्यावसाय संचालन गर्न दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।”
पोखरा १८ को फेवा पर्यटन विकास समितिले शनिबार पोखरामा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा वोल्दै मन्त्री बरालले मान्छे अब कोरोनाको रोग र भोक तथा ऋणले गर्दा थप प्रभावित हुन सक्ने बताए । समितिको मागलाई पुरा गर्न आवश्यक पहल गर्ने उनले जनाए । कोरोनाले सबै भन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनःउत्थानको लागि कोरोना बिरुद्धको खोप पनि एक भएकोले खोप व्यबस्थापनमा संघिय सरकारले छिटो पहल गर्नु पर्ने मन्त्री बरालले जनाए । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले फेवा पर्यटन समितिले राखेका मागहरुलाई पुरा गर्न आफ्नो क्षेत्रबाट पहल हुने बताए । पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटकहरु पोखरा १८ मा भ्रमणमा निस्कने भए पनि राज्य पक्षबाट पयाप्त मात्रमा लगानी गर्न नसकिएको जनाए । मन्त्री बरालकै पहलमा पोखरा १८ को धेरै ठाँउमा पानी उपलब्ध भएको उनले जनाए । समितिका उपाध्यक्ष अर्जुन सुवेदीले पोखरा ६ का पर्यटन व्यवसायीहरुबाट आफुहरु प्रभावित भएको गुनासो गरे । समितिका अध्यक्ष राम कुमार राईले आफुहरुलाई हाल करिब ६ सय कोरोना बिरुद्धको खोप आवश्यक भएको बताए ।

प्रतिकृया दिनुहोस्