Pokharapatra National Daily

नैतिक शिक्षा लागु गर्न माग

-श्रीकृष्ण सिग्देल, स्याङ्जा
स्याङ्जामा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ । विश्व हिन्दू युवा संघ स्याङ्जाले जिल्लाका ११ वटै स्थानीयतहलाई नैतिक शिक्षा लागु गर्न ज्ञापनपत्र बुझाएको हो । नैतिक शिक्षा नहुँदा समाज नकरात्मक बाटोमा प्रवेश गरेको निक्र्योल निकाल्दै विश्व हिन्दु युवा संघ स्याङ्जाले यो अभियान शुरु गरेको हो ।
अहिले सम्म युवा संघले जिल्लाका ५ वटा स्थानीयतहलाई ज्ञापनपत्र बुझाइसकेको जनाएको छ । संघका अध्यक्ष नवराज पौडेलले वालिङ, गल्याङ्, पुतलीबजार र भीरकोट नगरपालिका साथै अर्जुनचौपारी गाँउपालिकामा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको बताए । सबै स्थानीयतहका प्रमुखहरु यो बिषयमा सकरात्मक देखिएको अध्यक्ष पौडेलले बताए ।
नैतिक शिक्षाको विद्यालय तहमा आवश्यकता भन्ने बिषयमा संघले यसभन्दा अगाडी जिल्लाका राजनीतिकदल, जनप्रतिनिधि, सरोकारवाला निकाय सगँ अन्तरक्रिया सम्पन्न गरेपछि हरेक पालिकालाई नैतिक शिक्षा लागु गर्न माग गरेको हो । पूर्विय दर्शन हराउदै पश्चिमा दर्शनको सुरुवातले नेपाली समाज नकरात्मक बाटोमा हिडेको बताउदै अध्यक्ष पौडेलले पुर्विय दर्शनको आधारमा शिक्षा, अर्थ र राजनीति लागु हुनुपर्ने माग उठाएको बताए ।
सकरात्मक सोचको विकासका लागि नैतिक शिक्षा अपरिहार्य भएको विश्व हिन्दु युवा संघको ठहर छ । संघले भीरकोट नगरपालिकाका प्रमुखलाई नैतिक शिक्षा लागु गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नगर प्रमुख छायाराम खनालले नैतिक शिक्षा यसै शैक्षिक सत्र बाट लागु गराउने प्रतिवद्धता जनाएका छन् । संघले राम्रो बिषयको उठान गरेको भन्दै नगर प्रमुख खनालले शिक्षा शाखालाई यो शैक्षिकसत्रबाट लागू गराउन निर्देशन दिए । नैतिकतामा बाडिएको समाजलाई तोडमोड गरि पछिल्लो समयको समाजमानै नैतिकताको खडेरी परेको नगर प्रमुख खनालको भनाई थियो । हरेक पालिकाले भन्दा पनि नेपाल सरकारले नैतिक शिक्षा लागु गर्ने अभियान शुरु गर्नुपर्ने सुझाव खनालले दिए । ज्ञापनपत्र बुझाउन विश्व हिन्दू युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेल, उपाध्यक्ष विष्णु माया काफ्ले, माहासंघ भीरकोट कोषाध्यक्ष रामकृष्ण अर्याल लगायतको सहभागिता रहेको थियो । संघले थालेको यो अभियानको स्थानीयले खुलेर प्रशंसा गरेका छन् ।

प्रतिकृया दिनुहोस्