Pokharapatra National Daily

मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्व बोधका साथ मितव्ययी भएर कार्यसम्पादन गर्न मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उहाँले बेरूजु र उजुरी फछ्र्योटमा सक्रिय रहन निर्देश दिँदै प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र मातहतका निकायका वार्षिक कार्यक्रमलाई निर्धारित अवधिभित्र पूरा गर्नुपर्नेमा जोड दिए । मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकायको प्रभावकारिता बढाउन चालू खर्च घटाउन र पूँजीगत खर्च बढाउन मुख्यमन्त्रीले आग्रह गरे । जनतालाई घरदैलोमा नै सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहो¥याए ।
सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउन आफू क्रियाशील रहेको तथा त्यसनिम्ति सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए । सेवा प्रवाह र कार्यसम्पादनमा निर्धारित विधिको पूर्णरूपमा पालना गर्न सम्बद्ध सबैलाई उनले निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्