Pokharapatra National Daily

कास्कीमा अघिल्लो वर्ष भन्दा बजेट खर्चमा सुधार

कास्कीमा अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०७७÷७८ मा बजेट खर्च बढी भएको छ । अघिल्लो आर्थिक बर्ष २०७६÷७७ मा कास्कीको ८४ प्रतिशत खर्च भएकोमा गत आर्थिक बर्षमा भने खर्च गर्ने रणनितिमा केही सुधार हुदै ९० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीले जनाए ।
कास्कीमा आर्थिक बर्ष २०७७÷७८ को असार मसान्तरसम्म ९० प्रतिशतले ३० अर्ब ६४ करोड ६६ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका प्रमुख रामजी शर्माले बताए । गतवर्ष कास्कीमा पूजिगत तर्फ ७२ प्रतिशत, चालु तर्फ ८८ प्रतिशत सहित समग्रमा हेर्दा ८४ प्रतिशत मात्र बजेट खर्च भएको कार्यालयले जनाएको छ । गत बर्षको बजेट करिब २५ अर्ब रहेको थियो । गतबर्ष संघीय सरकार मार्फत गण्डकी प्रदेश सरकार, कास्कीका ५ वटा पालिकालाई ३४ अर्ब २० करोडको बजेट आफ्नो कार्यालयलाई प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका प्रमुख रामजी शर्माले बताए । चालु तर्फ २६ अर्ब ५० करोडको बजेट मध्य ९१ प्रतिशतले २५ अर्ब ३५ करोड कार्यालयले सम्बन्धित निकायलाई खर्चको लागि निकासा गरेको शर्माले जनाए । त्यस्तै पूजिगत तर्फ ६९ प्रतिशत प्रगती भएको छ । ७ अर्ब ७० करोड कुल पुंजि तर्फको बजेट मध्य ५ अर्ब २९ करोड निकासा गरेको उनले जनाए । कोरोनाको कारण यस बर्ष बाँकी १० प्रतिशत अर्थात ३ अर्ब ५६ करोड रुपैया खर्च हुन नसकेको शर्माले बताए । फ्रिज भएको उक्त रकम सम्बन्धित निकायहरुले खर्च गर्न नसकेको हुदा कार्यालयमै रहेको प्रमुख शर्माले जनाए । गण्डकी प्रदेश सरकारलाई संघिय सरकार मार्फत प्राप्त भएको १५ अर्ब १० करोड विनियोजित बजेट मध्य कार्यालयबाट गत असार मसान्तरसम्ममा १३ अर्ब ९६ करोड खर्च गर्नको लागि निकासा गरिएको प्रमुख शर्माले जनाए । विभिन्न सर्तमा विनियोजन भएको रकम मध्य निर्धारित मितिमा नसकिएको बजेट भने केही संस्थामा त केही पुनः कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता गर्नुपर्ने अबस्था रहने भएको शर्माले जनाए । त्यसै गरी पोखरा महानगरपालिकाले संघिय सरकारबाट प्राप्त हुने २ अर्ब ७१ करोडको बजेट मध्य गत असार मसान्तरसम्ममा २ अर्ब ४७ करोड खर्च गर्नको लागि निकासा गरिएको उनको भनाई छ ।
त्यस्तै कास्कीको मादी गाँउपालिकालाई कार्यालयले ३४ करोड २६ लाखको बजेट विनियोजन गरे पनि असार मसान्तरसम्ममा ३२ करोड ८५ लाख बजेट खर्च गर्नको लागि निकासा भएको कार्यालयले जनाएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाले संघिय सरकारबाट गत बर्ष प्राप्त गरेको ३९ करोड ४३ लाख मध्य असार मसान्तरसम्म ३८ करोड ९४ लाख कार्यालयबाट खर्च गर्नको लागि निकासा भएको शर्माले जनाए ।
अन्नपूर्ण गाउँपालिकाले संघिय सरकारबाट प्राप्त बजेट मध्य ४२ करोड ४२ लाख खर्च गर्न सफल भएको छ । अन्नपूर्णको लागि कुल बजेट ४२ करोड ५१ लाख विनियोजन भएको थियो । कास्कीको रुपा गाउँपालिकाले संघीय सरकारबाट प्राप्त ३२ करोड ४१ लाखको बजेट मध्य कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीबाट असार मसान्तरसम्म ३१ करोड ७३ लाख खर्च गर्नको लागि निकासा गरेको थियो । कास्कीमा करिब ६ वटा निकाय तथा संस्थालाई संघिय सरकार अन्र्तगतको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीले गत बर्षको लागि संघीय सरकारबाट प्राप्त रकम निकासा गरेको हो । संघिय सरकार अन्र्तगत कास्कीमा ९९ वटा सरकारी कार्यालयहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्