Pokharapatra National Daily

आन्तरिक राजश्व कार्यालय पोखराले अघिल्लो वर्ष भन्दा ६४ करोड बढी राजश्व संकलन

 

आन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक वर्ष २०७७–०७८ मा अघिल्लो वर्षको तुलनामा ६४ करोड ७४ लाख ७२ हजार बढी राजश्व संकल गर्न सफल भएको छ ।
अघिल्लो वर्ष करिब ७२ प्रतिशत मात्र राजश्व संकलन गर्न सफल भएको कार्यालयले यस बर्ष भने ९७ प्रतिशत राजश्व संकलन गर्न सफल हुदा अघिल्लो बर्षको तुलनामा १६ प्रतिशत बढी राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।
आर्थिक वर्ष २०७७–०७८ मा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले ४ अर्ब ६७ करोड ८५ लाख ६३ हजार राजश्व संकलन गर्न सफल भएको उनले जनाए । कोरोनाले गर्दा उक्त राजश्व संकलन कार्यालयको लक्ष्य भन्दा करिब ३ प्रतिशतले कमी भएको लामिछानेको भनाई छ ।
५ अर्ब ६१ करोड ६७ लाख ५२ हजार राजश्व संकलनको लक्ष्य रहेकोमा अघिल्लो बर्ष कार्यालयले पहिलो लहरको कोरोनाको कारण ४ अर्ब ३ करोड ११ लाख २३ हजार मात्र राजश्व संकलन गरेको

कार्यालयले जनाएको छ । आ.व.२०७७–०७८ मा कार्यालयले आयकर तर्फ २ अर्ब ८५ करोड २ लाख ४३ हजार राजश्व संकलन गर्न सफल भएको छ । आयकर तर्फ १०२.५८ प्रतिशत लक्ष्य हासिल गरेको कार्यालयले आयकर तर्फ २ अर्ब ७७ करोड ८६ लाख २७ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो । व्यवसायिक घर वहाल कर तर्फ ११ करोड ७२ लाख ७५ हजार राजश्व संकलनको लक्ष्य पाएको आन्तरिक राजश्व कार्यालय पोखराले गत बर्ष ४७.३२ प्रतिशत अर्थात ५ करोड ५४ लाख ९६ हजार रुपैया राजश्व संकलन गरेको छ ।
व्याज तर्फ कार्यालयले ११४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ । २४ करोड ५१ लाख ४८ हजारको राजश्व संकलनको लक्ष्य पाएकोमा कार्यालयले गत असार मसान्तरसम्ममा २८ करोड ५ लाख ८६ हजार राजश्व संकलन गर्न सफल भएको हो ।
अन्त शुल्कः मदीरा, चुरोट सहितका अन्य बस्तुबाट कार्यालयको अघिल्लो बर्ष ८६.३९ प्रतिशत अर्थात १ अर्ब २९ करोड २० लाख ३२ हजार राजश्व संकलन गरेको लामिछानेले जनाए । गत बर्ष कार्यालयले १ अर्ब ४९ करोड ५५ लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो । स्वास्थ्य सेवामा ३८.६६ प्रतिशत र शिक्षामा २.५२ प्रतिशत मात्र राजश्व संकलन गर्न सफल भएको कार्यालये जनाएको छ । सूचना अधिकारी लामिछानेका अनुसार कार्यालयमा १ लाख ६५ हजार ४ सय ८७ जना करदाता रहेका छन् ।
आ.व.२०७७–०७८ मा ३० हजार ९ सय ३४ जना नयाँ करदाता थपिएको उनले जनाए । हालसम्म पोखराबाट १ लाख ९ हजार ३ सय ५१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएकाछन् । व्यवसायीक स्थायी लेखा नम्बर लिनेहरुको सङख्या भने ५६ हजार ८४ जना रहेको सूचना अधिकारी लामिछानेले बताए । भ्याटमा ११ हजार ३ सय ३४ वटा संस्था रहेका छन् ।

प्रतिकृया दिनुहोस्