Pokharapatra National Daily

सेतीनदीको डिस्को खसेपछि अमिनताराको बस्ती जोखिममा

पोखराको सेतीनदी स्थित रातोपहिराको अमिनताराको डिस्को खसे पछि यति वेला पोखरा १५ को अमिनताराको बस्ती नै जोखिममा रहेको छ ।
केही दिन अघि परेको ठुलो बर्षादको कारण केही समय अघि देखि चर्कीएको भाग सहितको डिस्को सेतनदीमा खसेकोले अमिनताराको बस्ती नै हाल पहिरोको उच्च जोखिममा परेको पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेलले बताए ।
उनका अनुसार हाल अमिनताराका २ घर पुर्ण रुपमा क्षति भएको छ भने २ घर हाल बिस्थापित भएका छन् । स्थानिय सुनिता परियार र ऋषिराम ढकाल पूर्ण रुपमा विस्थापित भएको बताएका उनले मिन बहादुर विक र सुरज फर्निचर उद्योगलाई पहिरोको जोखिम क्षेत्रबाट सर्न आग्रह गरेको जनाए । गत मंसिरमा केही भाग खस्न सुरु भए पनि यस बर्षको पानीले असार २४ गते विहिबार २० मिटरको चौडाई र १ सय मिटर जसो लम्वाइको भाग खस्न पुगेको अध्यक्ष पौडेलले बताए । अमिनताराका किरब १ सय ७५ घर धुरीले प्रयोग गर्ने पिउने पानी वोरिङ समेत यसपालीको पहिरोले लगेको उनले जनाए । स्थानियहरुलाई पानीको अर्को विकल्प गर्दै गरेको उनले जनाए । पोखरा १७ रातोपहिराकी एक स्थानिय रेष्टुरेण्ट व्यवसायी अस्मिता क्षेत्रीले सेतीनदीमा ठुलो डिस्को खसेर नदी थुनिन सक्ने भएकोमा चिन्त्ता व्यत्त गरेकी छन् । सेतीनदी थुनिन सक्ने जोखिमलाई समयमै न्यूनिकरण गर्न उनले माग समेत गरेकी छन् ।
जोखिम रहेको उक्त क्षेत्रमा हाल रातो रिवल मात्र लगाइएको छ भने उक्त क्षेत्रमा तारवार तत्काल लगाउनु पर्ने स्थानिय केशरानी कटिकले बताइन् ।

प्रतिकृया दिनुहोस्