Pokharapatra National Daily

खाजा कटाएर रोट्रयाक्ट पोखरा युनिभर्सिटीको राहत संकलन

रोट्रयाक्ट क्लब अफ पोखरा युनिभर्सिटीले देशका विभिन्न ठाउँमा बाढीपहिरो पीडितका लागि राहत संकलन गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले क्याम्पियन अफ फ्लड भिक्टिम्स् नामक अभियान संचालन गरेको थियो । गत असार ६ देखि सुरु अभियानमा १० दिन अवधिमा ६३ हजार ७ सय २० रुपैयाँ संकलन गरिएको कार्यक्रम संयोजक एवं क्लबका कम्युनिष्टी सर्भिस डाइरेक्टर शत्रुधन साहले जानकारी दिए । संकलित राहत रकममध्ये २७ हजार ४ सय ४० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री क्बीक रेस्पोन्स सेन्टर (क्यूआरसी) का लागि संयोजक विकल बराललाई पोखरामा शनिबार हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ पोखरा लेकसाइडका वर्ष २०२१–२२ का अध्यक्ष हुम आलेले संकलित राहतले पीडितको लागि सहयोगसिद्ध हुने बताउँदै आगामी दिनमा क्लब सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । युवाहरुको सक्रियताले समाजमा ठूलो सहयोग पुगेको अध्यक्ष आलले भने । रोटरी क्लब अफ पोखरा लेकसाइडका सर्भिस चेयर एवं रोटरी किड्नी केयर सेन्टरका अध्यक्ष कृष्ण थापाले सेवाका भावनाअनुरुप क्लबले पोखरा ७ मुस्ताङचोकमा पहिलो चरणमा ५ करोड लगानीमा किड्नी केयर सेन्टर निर्माण गर्न लागेको जानकारी दिए । क्बीक रेस्पोन्स सेन्टर (क्यूआरसी) संयोजक बरालले स्वास्थ्य सामग्री तत्काल सम्बन्धित क्षेत्रमा पठाइने प्रतिबद्धता व्यक्त गरे ।
रोट्रयाक्ट पोखरा युनिभर्सिटी रोटरी लेकसाइडको स्पोन्सर क्लब रहेको रोटरी लेकसाइडका एडिटर एवं रोट्रयाक्ट सुभाष मल्लले बताए । राज्यको ध्यान चारैतिर जान नसकेको अवस्थामा क्लवले गरेको कार्य उत्तम भएको एडिटर मल्लले प्रशंसा गरे । क्लबले संकलित मध्ये ३६ हजार दुइसय ८० रुपैयाँ गण्डकी प्रदेशका बाढीपहिरो पीडितको हितमा सहयोग गरिने कम्युनिटी सर्भिस डाइरेक्टर साहले बताए । क्लबले कोरोना महामारी र लकडाउनकै बीचमा पनि विद्यार्थी तथा शुभचिन्तकबाट खाजा खाने रकम कटाएर संकलन गरेको हो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पोखरा युनिभर्सिटीका उपाध्यक्ष रोहित दाहालले स्वागत र क्लब सर्भिस चेयर एवं प्रेसिडेन्ड इलेक्ट रमिन घिमिरेले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्