Pokharapatra National Daily

पुष १४ र १५ गते पोखरामा लिटरेचर फेस्टिभल भर्चुअल मार्फत हुने

बुकवर्म फाउण्डेसनको आयोजनामा यही पुष १४ र १५ गते पोखरामा नेपाल लिटरेचर फेस्टिभल भर्चुअल मार्फत हुने भएको छ ।
आईएमईको प्रायोजनमा पोखरा १८ स्थित सराङकोटमा भर्चुअल मार्फत उक्त कार्यक्रम यस बर्ष निरन्तरताको लागि हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नवौं संस्करणको उक्त फेस्टिभलमा १५ चरणमा ४० जना वक्ता सहभागि हुने भएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए । उक्त कार्यक्रम सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक यूट्यव च्यानलबाट लाइभ प्रसारण हुने फेस्टिभलका निर्देशक अजित बरालले बताए । साहित्यकार, लेखक, पत्रकार, कलाकार, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता हुने भएको छ ।
कार्यकारी निर्देशक भारीले कोरोनाको समयमा उक्त फेस्टिभललाई निरन्तरता दिन पनि भर्चुअलमार्फत गर्न लागेको जनाए । ‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सन्् २०११ देखि झम्सिखेलबाट सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्र प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदैआएको आयोजकको दाबी छ । यसप्रकारको साहित्यिक बहस र विमर्शले सर्जक र पदासिन व्यक्तिलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्र शक्तिशाली बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
फेस्टिभलका सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यको माध्यमबाट पोखरालाई चिनाउन आफुहरु लागेको बताए । आयोजक संस्थाकी सदस्य अनिकर्माले यसपालीको फेस्टिभलमा धेरै नयाँ र प्रतिभावान व्यक्तिहरुको सहभागिता हुने दाबी गरिन् । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ सहित कारोवार दैनिकका सम्पादक कुवेर चालिसे, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं युवा व्यवसायी चन्द्र ढकाल, पत्रकार अमृत सुवेदी, वसन्त बस्नेत, प्रदीप रोदन, विश्व पौडेल, , प्रकृति भट्टराई बस्नेत, डा. भावना तामाङ, सौगात वाग्ले, जगन्नाथ लामिछाने, हरि खनाल, मनुश्री महत, विकेश कविन, स्वेच्छा राउत, डा. अनुप सुवेदी, डा. रोलिना धिताल, सोविता गौतम, रवीन्द्र पुरी, मिलन बगाले, आलोक तुलाधर, बोनिता शर्मा, आयुषी केसी, सोनिका मानन्धर, आभास्ना पाण्डे, नीरञ्जन कुँवर, भिक्कु कश्यप, रोशन मिश्र, इल्या भट्टराई, केशव दाहाल, दुर्गा कार्की, विना थिङ, शिवानीसिंह थारु, निश्चल बस्नेत, भाष्कर ढुंगाना, प्रियंका कार्की, यज्ञश, मञ्जु गुरुङ, किरण गुरुङ, सीता सुन्दास, दीपक परियार, चन्द्रप्रकाश बानियाँ, राजकुमार बानियाँ, सिलसिला आचार्य, डा.अरनीको पाण्डे, रमेश भुषाल लगायत रहेको पत्रकार भरत कोइरालाले बताए ।

प्रतिकृया दिनुहोस्