Pokharapatra National Daily

बोकाको तौल एक सय २२ केजी भन्दा बढी

सामान्यतया ६ महिना पालेका बाख्राको मुल्य करिब २० हजार पर्ने गर्दछ भने उन्नतजातका वोयर क्रस गरिएको बाख्रा भने ६ महिनामै ५० हजार मुल्य आम्दानी गर्न सकिने पोखराका एक किसानले दाबी गरेका छन्। पोखरा हेमजा स्थित हेमजा फार्मका एक कृषक यृुवा व्यवसायी घनश्याम तिमिल्सिनाले स्थानीय वोका लगाउदा ६ महिनामा ५० हजार मुल्यका बाख्रा उत्पादन हुने गरेको बताएका उनले वोयर जातको वोका लगाउदा भने एउटै बाख्रा ६ महिनामै करिब ५० हजार मुल्य पर्ने दाबी गरेका हुन ।
उनको बाख्रा फार्ममा अष्ट्रेलिया जातको वोयर वोका पालन गरेसंगै एउटै वोकाको तौल एक सय २२ केजी भन्दा बढी रहेको छ । गाई भैसी पालनको साथमा बाख्रा समेत पालन गर्देै आउने क्रममा भारतको राजस्थानबाट उन्नत (वोयर) जातको को बाख्रा पोखरामा भित्राएसंगै उक्त वोकाको तौल हाल १ सय साँढे २२ केजी तौल भएको तिमिल्सिनाले दाबी गरेका छन् । गाई भैसी पालन गर्दै आउने क्रममा वाख्रा पालन समेत केही समय अघि सुरु गरेका युवा व्यवसायी तिमिल्सिनाले आफुले पियोर वोयरको खोजि गर्ने क्रममा अष्ट्रेलियन जातको वोयर वोका पोखरामा भित्राएसंगै ६ महिनामै १२ केजी तौल बढी भएको दाबी गरे । जमुनापारी जातका वाख्रा पालन गर्दै आएका तिमिल्सिनाले गुणस्तरिय वोयर जातको बियाडे वोका ल्याएको ६ महिनामै एक सय केजीको वोकाको तौल बढेर हाल १ सय साँढे २२ केजी तौल भएको उनले जनाए ।
उनको बाख्रा फाममा सानो ठुला गरी हाल वियाडे एउटा वोका सहित ३९ वटा बाख्रा रहेका छन् । आफ्नो क्षेत्रमा स्थानिय बाख्राहरुलाई समेत क्रस गराउन वियाडेको रुपमा समेत वोकाको प्रयोग गरिएको तिमिल्सिनाले जनाए । पोखरा २५ हेमजा स्थित हेमजा गाई फाम प्रा।लि। संचालन गर्दैै आएका तिमिल्सिनाले विगत १६ बर्षदेखि आफ्नै क्षेत्र पोखरामा गाई तथा भैसी पालन गर्दै आएका छन् । उनी विगत ९ बर्ष खाडी मुलुकमा अर्कोको देशमा रोजगारीको लागि गएका थिए । स्वदेशमै आफ्नै गाउँ ठाँउमा यसरी उन्नतजातको बाख्रा सहितको गाई भैसी पालन गरेर हाल आफु् पूर्ण रुपमा सन्तुष्टि भएको उनले जनाए । वोयरवोकाको बजारमा धेरै चर्चा भएकोले गर्दा गुणस्तरिय वोकाको खोजिमा भारत पुगेर उनले करिब एक लाख खर्चियर उक्त वोका पोखरा भित्राएका हुन् ।
जमुनापारीको वाख्रालाई उनले वोयर जातको वोकाले क्रस गराउदा आफुहरुले बाख्रा पालनबाट राम्रो उत्पादन लिन सफल भएको तिमिल्सिनाले जनाए । उक्त वोकाले अन्य वाख्रा जस्तै घाँस पानी खुवाउने दैनिक दुई वटा अण्डा समेत खुवाउने गरेको उनले जनाए । उन्नत जातको उक्त बाख्रा हेर्न आउनेहरु कहिले काहि भिड हुने गरेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्