Pokharapatra National Daily

फेवातालबाट बन्दा र जलकुम्भी झार फाल्न शुरु

पोखराको फेवातालबाट बन्दा र जलकुम्भी लगायतको झार फाल्ने अभियान शुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा फेवातालको माथिल्लो सतहमा आएको विभिन्न प्रकारको झार फाल्न शुरु गरिएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण पहारीले बताए ।
उनले भने “फेवातालमा यति वेला माथिल्लो भागबाट वन्दा, जलकुम्भी लगायतको झार र फोहोरहरु समेत आएको छ, त्यसलाई समयमै व्यबस्थापन गर्न हामीले बुधबारबाटै सफाई अभियानमा जुटेका छौं ।” केही दिनदेखि बर्षाद भएसंगै फेवातालको माथिल्लो तटिय क्षेत्रमा रहेको वन्दा तथा जलकुम्भी झार फेवातालको माथिल्लो सतहमा पानीको वहावले ल्याएको उनले जनाए । जलकुम्भी झार निकाल्ने मेसिन महानगरमा भएकोले महानगरसँगको सहयोगमा उक्त ताल सफाई अभियान अन्र्तगत बुधबार हल्लचोक, क्याम्पिङचोक तथा वाराहीघाट लगायतको क्षेत्रबाट झार निकाल्ने काम भएको पहारीले जनाए । हिउँदको समयमा माथिल्लो तटिय क्षेत्रमा रहेको जलकुम्बी, बन्दा लगायतका झारहरुलाई व्यबस्थापन गर्न नसक्दा बर्षादको समयमा पानीको वहावले तालमा ल्याउने क्रमा हरेक बर्ष जारी रहेको फेवा डुंगा व्यावसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए । यस बर्ष जलकुम्भी झार भन्दा बन्दा झार बढी भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्