Pokharapatra National Daily

विद्यार्थीलाई निःशुल्क पुस्तक व्यवस्थापनमा सक्रिय शिक्षक

बाबु नानी पास भए । लकडाउन छ । न राम्रो कमाइ छ । न समयमा तलव पाइन्छ ? जसको हर्यो उस्तै उस्तै । नयाँ शत्र शुरु भयो भर्ना गर्नै पर्ने । अनलाइन शुरु भयो किताब किन्नै पर्ने । हरेक अभिभावकको टाउकामा पहाड रुपी भारी । त्यो भारी बुज्ने न विद्यालय छ । न सरकार नै छ ।
ती सवै समस्यालाइ चिरेका छन् भद्रकालीका शिक्षकले । विषम परिस्थितिमा विद्यार्थी र अभिभावकलाइ पुस्तकमा परेको चिन्तालाइ समाधान गर्न पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माविमा अध्यापन गराउने शिक्षक तथा निःशुल्क पुस्तक सहयोग, निःशुल्क पुस्तक ग्रहण अभियाननका संयोजक विशाल गुरुङले यो अभियान चलाएको भने ।
कोरोनाले शैक्षिक क्षेत्रलाई समेत नराम्रो सँग असर पारेको अवस्थामा भद्रकाली मावि का शिक्षकहरुले ‘पुरानो किताब, नयाँ ज्ञान ः द्यययप द्यबलप अभियान’ मार्फत विद्यार्थीहरुबाट पुरानो किताबहरु संकलन गरी नयाँकक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई केही दिनदेखि हस्तान्तरण गर्दै आइरहेको संयोजक गुरुङले वताए । पुस्तक व्यवस्थापन गर्न पृतमकुमार श्रेष्ठ र शिला गुरुङ सदस्य रहेको अभियानमा अन्य शिक्षकहरुको पनि उल्लेखनीय भुमिका रहेको संयजोक गुरुङले चर्चा गरे । यो पवित्र कार्यमा आइतवार चार देखि १० कक्षा अध्ययन गर्ने ५०० भन्दा बढि विद्यार्थीहरु यस अभियानमा जोडिदै एक अर्कालाई सहयोग गरी पुस्तक ल्याउने र दिने भइरको गुरुङले भने । किताब कहिले पुरानो हुदैन त्यस भित्रका ज्ञान सधै नयाँ रहन्छन् भन्दै संयोजक शिक्षक विशाल गुरुङले यो परिवेशमा विद्यार्थीहरुलाई सहयोगको आवश्कता छ भनी हामी शिक्षकहरु जोडिएका हौं भने । पुस्तकमात्र नभै आगमी दिनमा कापी र कलम पनि निःशुल्क वितरण गरिने संयोजक गुरुङले भने । कापी र कलममा पनि वडा नं १३ का स्थानीय समाजसेवीहरुले सहयोग गर्ने वचन दिइसकेका गुरुङले जानकारी गराए ।
वर्तमान समयमा हरेक अभिभावकलाइ कितावले छटपटी बनाएपछि अभिभावकको पुरानो पुस्तक संकलन गरि वितरण गर्ने माग सुनेपछि सो अभियानमा सहभागी भएको अभियानका सदस्य तथा शिक्षक पृतमकुमार श्रेष्ठले वताए । अभियानले धेरै अभिभावकलाइ खुशी वनाएकोमा आँफुलाइ आत्मसन्तुष्टी मिलेको अभियानका सदस्य तथा शिक्षक शिला गुरुङले खुशी व्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस्