Pokharapatra National Daily

पोखरा सहित कास्कीका विभिन्न ठाँउमा बाढी र पहिरोको प्रभाव

विगत दुई दिन देखि अविरल रुपमा परेको पानीको कारण पोखरा सहित कस्की क्षेत्रमा विभिन्न ठाँउमा प्रभाप परेको छ । कास्की माछापुच्छ«े गाउँपालिकामा एक महिला खहरेखोलाले बगायर मृत्यु भएको छ भने अन्य ठाँउमा बाढी पहिरो एवं बस्तती नै जोखिममा परेको समाचार प्राप्त भएको छ ।
पोखरा २५ कोे हेमजामा केही घर तथा बस्तीले पानीको निकास नहुदा डुवान भएको छ । त्यसै गरी पोखरा २४ को पामेमा करिब २० घर खोलाको उच्च जोखिममा रहेको छ । स्थानिय दीपक पुरीका अन्ुसार पोखरा महानगरले हालै निर्माण गरेको फेवासिल्ट्रेसन ड्याम सहित अन्य क्षेत्रको पानी एकिकृत वेतेनी खोला तर्फ जाने पानी पनि मापे खोला तर्फ आउदा मापमा बस्तीको उच्च जोखिम भएको हो । स्थानिय वसन्त खत्री, गुणाखर सुवेदी, बाबुराम खत्री, लक्ष्मण पराजुली, हरिमाया सुनार, दीपक पुरी, दुयोधन खड्का, नवराज पराजुली शारदा पराजुली, मानबहादुर विक, देवे सुनार, हरिमाया सुनार लगायतका २० घर परिवार खोलाको उच्च जोखिममा परेको स्थानिय पुरीले बताए । पोखरा महानगरले समयमै सिल्ट्रेसन ड््यामको पानीको वाहवलाई दुबै खोलामा बाडिने गरी व्यबस्थापन गर्न नसके पोखरा २४ सहित पोखरा १८ हुदै फेवातालमै ठुलो मात्रमा ढुंगा गिटी तथा वालुवाको मात्र जाने भएको पोखरा १८ का वडा अध्यक्ष रण बहादुर थापाले बताए । पोखराको रामघाटमा भने हाल पानीको निकास हुने मुखमा फोहोर बस्तुले गर्दा बुझिन पुगेकोले रामघाट हाल ताल जस्तै भएको छ । रामघाट तथा तुल्सीघाटसम्म डसवान भएको छ भने शवदाह स्थलहरु समेत डुवानमा परेको स्थानियले गुनासो गरेका छन् । गएराति देखि परेको अबिरल बर्षातको कारण कास्कीको अन्नपुर्ण गाउँपालिका–१० घान्द्रुक स्थित माथिबाट आएको पहिरो र मादी गाउँपालिका–७ मा मादी खोलाको पानीको बहाब बढ्न जाँदा ६ घर परिवार बिस्थापित भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै मादी गाँउपालिका–१ होकु स्थित कपुजे खोला र नौलो खोलाको बहाब बढ्न गई २ वटा भेडी गोठ र अन्दाजी ४०० वटा भेडा बगाएको, उक्त स्थानमा प्रहरी टोलि खटि गइ जोखिम न्युनिकरण तथा उद्दार कार्यमा जुटेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए ।
त्यस्तै गएरातिको समयमा कास्की माछापुच्छ्रे गाउँपालिका–१ धिप्राङ बस्न वर्ष ६५ की केशरी गुरुङको ढुङ्गा, माटोले बनेको ढुङ्गाले छाएको २ तले कच्ची घरमा अचानक आगलागी हुदाँ करिब १५ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । उक्त घरमा मानिसहरु हाल बसोबास नगरेको हुदा मानविय क्षती नभएको अर्यालले जनाए । स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्