Pokharapatra National Daily

५ वर्ष प्रदेश सभा र सरकार चल्नुपर्ने मान्यता राख्दै आएको निवर्तमान मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले आफुले प्रदेश सभा र प्रदेश सरकारहरु कम्तिमा ५ बर्ष चल्नुपर्ने मान्यता राख्दै आएको बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उनले संघियताको नयाँ अभ्यास प्रदेश सरकार रहेकोले आफुले कम्तिमा प्रदेश सभा र सरकार ५ बर्ष चल्नु पर्ने मान्यता राख्दै आएको दाबी गरेका हुन्।
उनले भने “यो पृथ्बीसुब्बा गुरुङ एउटा निष्ठा के मा छ भने प्रदेश सभा र प्रदेश सरकारहरु ५ बर्षको कार्यकाल पुरा गर्न पाउनु पर्छ, संघिय सासन प्रणालीको सामर्थ, त्यसले देखाउने, प्रत्याभूति गराउने र केन्द्र सरकारमा धुलमुल भए पनि प्रदेश सरकार आफ्नै गतिमा चलि रहनु पर्छ । ” संघियताको पुस्ट्याईको लागि पनि प्रदेश सरकार ५ बर्ष निरन्तर रुपमा चल्नु पर्ने उनको भनाई छ ।
एक स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई आफुले राम्रो गर्ने देखेर मन्त्री बनाय पनि पछि गठबन्दनमा गएको कारण गठबन्दन सरकार बनेको गुरुङले दाबी गरे । निर्वाचनका वेला देखि एमालेले सहयोग गर्दै आएको मनाङेलाई आफुहरुले चाहेको भए सांसद पद समेत खारेज गर्न सक्ने तर आफुहरुले त्यसो नगरेको समेत निवर्तमान मुख्यमन्त्री गुरुङले बताए । हाल गठन भएको गठबन्दन सरकारको आयू लामो नहुने उनको बनाई छ । आर्फै दलभित्र गुट उपगुट भएको अबस्थामा गठबन्दन सरकारको आयु कम हुने बिद्रोह हुन सक्ने निवर्तमान मुख्यमन्त्री गुरुङले बताए । गठबन्दनले हयार हतार रातरात आन्दोलन घेरा वन्दी गर्न कुनै आवश्यक नभएको उनको भनाई थियो । एउटा सरकार ढले पछि अर्को सरकार गठन गर्न र सभामुख बाहेक ५९ जनाले दाबी गर्न पाउने अधिकार भएको बताउदै गरुङले आफ्नो मुख्यमन्त्रीमा प्रदेश प्रमुख कार्यालय समक्ष दाबी पेश गर्नू भन्दा पनि आफ्नो पक्षमा २७ जना सांसद रहेको त्यसको लिष्ट पेश गरेको जनाए । गठबन्दनले भनेझै सारा हर्कद गरेर मुख्यमन्त्रीमा टिक्ने आफ्नो कुनै योजना नभएको निवर्तमान मुख्यमन्त्री गुरुङको दाबी छ । उनले प्रमुख प्रतिपक्षको रुपमा आफुहरुको भूमिका अब गठबन्दन सरकारलाई रचनात्मक सहयोग गर्ने बताए ।
विधि पु¥यायरै जान खोज्दा विपक्षि गठबन्दनका मुख्यमन्त्री नियुक्तिमा केही ढिलाई भएको गुरुङले दाबी छ । उनले भने “मुख्यमन्त्रीलाई वलका आधारमा वल देखायर फाल्न खोज्ने, हामीले पहिले देखी भन्दै आएका थियौ की हामी विधि अनुसार जान्छौं त भनेकै थियौं, केही समय कुर्न सकिदैन, गठबन्दनले जंगली असभ्य व्यवहार प्रर्दशन गर्यो । संघियताको कान्वयनमा आफु संघ सरारसंग लड्दै एकता सघर्ष गर्दै आएको बताए । प्रदेशको स्वायत्तता कायम गरेर काम गर्नु पर्ने निवर्तमान मुख्यमन्त्री गुरुङले बताए । बहुउद्धेश्यका योजनामा पुरा गरे प्रदेश सरकारको निश्चित अवधिमा देखिने गरी केही काम हुने उनको दाबी छ ।
प्रदेशमा एमाले दलको नेता भएको नाताले पार्टी भित्र आफ्नो फुर्सदको समय भरपूर्ण रुपमा सदुपयोग गर्ने उनले दाबी गरे । उनले भने “पार्टी भित्र जुन प्रकारको विक्राम छ, त्यसले पनि सिंगो राजनीति र त्यसको प्रभाव हाम्रो प्रदेशमा पनि पर्यो, त्यसको मागमा म पनि परे ।” नेपालमा एउटा प्रबृत्तिले गर्दा नेपालका राजनीतिमा उथलपुथल ल्याउने काम भएको निवर्तमान मुख्यमन्त्री गुरुङले जनाए । उनले भने “के चिज नेपालमा छ, अदृश्य शक्तिले पार्टी र नेताहरु बिरुद्ध विभाजन गरी बिक्राम गराउने काम भएको उनले जनाए ।” उनले भने “सवै समस्याको जड प्रधानमन्त्री केपी शर्मा ओली होइनन प्रधानमन्त्री र ठुलो पार्टीको अध्यक्ष भएको नाताले एउटा पात्र उहाँ पनि हुनुहोला, अन्य पार्टीको यसमा प्रतिपक्षको भूमिका के, राजनीतिक दलहरुले अब आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ ।”
आजको दिनमा कहाँ चाहि आइसब्रेक गर्नु पर्ने रैछ त्यसको अबस्था मुख्यमन्त्रीले थाहा पाउने उनले जनाए । प्रदेश सरकार बलियो हुनु पर्छ भन्ने भूमिकामा प्रतिपक्ष दलको नेता भएको नाताले फरक परे पनि निष्ठामा कुनै फरक नपर्ने उनले जनाए । उनले प्रदेशमा सरकार सञ्चालनका क्रममा सहयोग पु¥याउने सत्ता साझेदार र प्रतिपक्षी सबै राजनीतिक दल, कर्मचारीतन्त्र, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, समर्थक शुभचिन्तक सबैलाई सहयोगका निम्ति हार्दिक धन्यवाद व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्