Pokharapatra National Daily

कम्युनिस्ट झगडाले कांग्रेसलाई सत्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको फाइदा नेपाली काङ्ग्रेसले लिएको छ।गण्डकी प्रदेश सभामा दुई तिहाइ बहुमत भएको कम्युनिस्ट पार्टीलाई लडाएर काङ्ग्रेसले सरकारकै नेतृत्व पाएको छ । नेकपा एमाले र माओवादी केन्द्र बीचको झगडाले काङ्ग्रेसलाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर दिलाएको छ । सात वटा प्रदेश मध्ये गण्डकीवाट नेतृत्वको खाता खुलेको छ । एमालेको आन्तरिक झगडाले एकल बहुमत रहेको कर्णालीबाट शुरु भएको विनासको यात्रा लुम्बिनी ,सुदूरपश्चिम हुँदै गण्डकी आइपुगेको छ।संघीयताको अभ्यास गर्ने गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विस्थापित भएका छन । गुरुङले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोख्रेलले गठबन्धनको सरकार चलाउने मौका पाएका छन । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गरेका छन ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराएकी छन । प्रदेशमा ११ वटा मन्त्रालय छन् । नेपालीले सबै मन्त्रालय आफैले राखेर चार मन्त्रीलाई बीना विभागीय मन्त्रीको रुपमा नियुक्त गरिएको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो तीन बजेसम्मका लागि बहुमत प्राप्त गर्ने आधार सहित मुख्यमन्त्रीमा दावी गर्न आव्हान गर्रेकि थिइन विपक्षी गठबन्धनका तर्फबाट पोखरेलको मात्र दावी प्राप्त भएको थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित पोखरेलले मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए ।
प्रदेश प्रमुखबाट आव्हान भए लगत्तै शुक्रबारनै प्रदेश प्रमुखको कार्यालयमा पुगी दावी पेश गरिएकोमा शनिबार प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएको
थियो । यस अगाडि १६८ (२) अनुसार सरकार गठनका लागि आव्हान हुँदा पोखरेल नेतृत्वमा सरकार गठनको तयारी गरिएपनि बहुमत नपुगेका कारण सफल भएको थिएन । दुई महिना अघिदेखि एमालेलाई सरकारबाट विस्थापित गर्ने योजना सफल भएको छ । एमाले एक्लै बहुमत रहेको वाग्मती र प्रदेश १ सरकार हालसम्म सुरक्षित रहेका छन । लुम्बिनी प्रदेशमा बहुमत पुग्न नदिन अनेकौं प्रयोग भएका छन ।
जसपाको महन्त ठाकुर पक्षको समर्थन कायम रहदा सम्म अडिन सक्ला।नेपाली उखान सौताको रिसले पोईको काखमा पिसाब गर्ने जस्तै एमालेको आन्तरिक र माओवादीसंगको बेमेलले गर्दा कम्युनिस्ट सरकार ढलेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्रीहरु पुष्प कमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र शेरबहादुर देउवाको सत्तास्वार्थको सिकार पृथ्वीसुब्बा गुरुङ ,शंकर पोख्रेल, यमलाल कँडेल परेका छन।संघीयता नै कमजोर बनेको छ । गुण्डा नाईके दिपक मनाङे(राजीव) गुरुङ सरकार ढाल्ने र मन्त्री पाईरहने अवस्था बनेको छ।सबैले मन्त्री बनाएर गुण्डालाई प्रश्रय दिएका छन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...