Pokharapatra National Daily

मुख्यमन्त्री कृष्णचन्द्रसहित पाँच मन्त्रीले लिए सपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए । गुरुङ मनाङ, अधिकारी लमजुङ, आचार्य गोर्खा, खड्का कास्कीबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।
पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पुख्र्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बनेका थिए ।
यस अघि नयाँ सरकार बन्नको लागि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो ३ः०० बजेसम्मको लागि (२४ घण्टाको) समय सिमा दिए पनि ३१ सांसदको दाबी पेश गरेको कांग्रेस नेतृत्वको गठबन्धनलाई कुनै जानकारी नगराए पछि सोधपुछ गर्न प्रदेश कार्यालयको निवासमा सांसदहरु पुगेका हुन् । गठबन्धनका ३१ सांसदहरु प्रदेश प्रमुख समक्ष भित्र भेटन जान नदिएसंगै प्रहरीले अबरुद्ध गरेकोले आन्दोलन चर्कीएसंगै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न बाध्य भएको गठबन्दनका एक सांसद कुमार खड्काले बताए ।
नेकपा एमाले संसदीय दलका नेता एवं काम चलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दाबी पेश गरेका थिए । गुरुङले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटीको समर्थनमा आफ्नो दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
प्रदेश प्रमुखको निवासको गेट अगाडि एक स्वतन्त्र सहित ४ दलका ३१ जना सांसद स—सरीर उपस्थित भई प्रदेश प्रमुख समक्ष जान खोज्दा प्रहरीले भित्र जान नदिएपछि विधि र प्रकृया बिरुद्ध सडयन्त्र भएको भन्दै सांसदहरुले गेट अगाडी नै धर्ना दिएसंगै पोखराका विभिन्न क्षेत्रमा सडकमा आन्दोलन चर्र्कीएसंगै करिब दुई घण्टा आन्लोलन चलेसंगै प्रदेश प्रमुखबाट पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्ने पत्र तयारी हुदै गरेको सूचना आएसंगै आन्दोलन स्थगित भएको माओबादी केन्द्रका एक सांसद रामजी प्रसाद बराल जीवनले जनाए । पोखराका केही ठाँउमा केही युवाले टायर वालेर आन्दोलन चर्काएसंगै प्रदेश प्रमुखले बाध्य भयर पोखरेललाई नियुक्त गरेको उनले जनाए । प्रदेश प्रमुख बिरुद्ध केही युृवाहरुले नारा जु्लुस समेत प्रदर्शन गरेका थिए भने पोखराको न्युरोड, सृजनाचोक लगायतका ठाँउमा टायर वालेर आन्दोलन गरेका थिए ।
शनिबार करिब ३ः३० बजेसम्म प्रदेश प्रमुखको कार्यालयबाट गठबन्दनलाई कुनै जानकारी नआएकोले ३१ जना सांसद प्रदेश प्रमुखको निवासमा बुझन आएका थिए । शुक्रबार नै बेलुका ससरीर उपस्थित भई सनाखत समेत गराई नयाँ सरकारको दाबी गरे पनि नयाँ सरकार गठन भने शनिबार ३ः०० बजेसम्मको लागि कुर्न प्रदेश प्रमुखले आग्रह गरेकी थिइन्। गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै केही सांसदहरु असन्तुष्टि भएको श्रोतको दाबी छ । गठबन्दनले कांग्र्रेस १५, माओबादी केन्द्र ११, जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा २ र एक स्वतन्त्र सहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेको थियो ।

प्रतिकृया दिनुहोस्