Pokharapatra National Daily

पोखरा सहितका प्रदेशका अस्पताललाई अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्याँस सिलिण्डर सहित १ करोड बराबरको सहयोग

रोटरी क्लव अफ पोखराको समन्वयमा गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेशका केही जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्याँस सिलिण्डर सहितको स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।
शुक्रबार पोखरामा आयोजित एक समारोहका बिच क्लवको समन्यवमा विदेशबाट आएको अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्याँस सिलिण्डर सहितको स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको क्लवका पूर्व अध्यक्ष मिनु श्रेष्ठ कुंवरले बताइन् । उनका अनुसार क्लवले पहिलो चरणमा पोखरा सहित मुस्ताङ जिल्ला अस्पताललाई समेत उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको हो । क्लवले पोखरा सहित प्रदेशका अन्य अस्पतालहरुका लागि १ सय ५० अक्सिजन ग्याँस सिलिण्डर र १ सय २० वटा अक्सिजन कन्सन्टेटर सहयोग गर्ने भएको कार्यक्रम संयोजक समेत रहेकी पूर्व अध्यक्ष कुंवरले जनाइन् ।
क्लवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पतालको कोभिड उपचार केन्द्र, पोखराको सैनिक अस्पताल, कास्कीको अन्नपूर्ण गाँउपालिका, मार्दी गाँउपालिका लगायतका ठाँउमा अक्सिजन कन्सन्टेटर, अक्सिजन ग्याँस सिलिण्डर सहयोग प्रदान गरिएको क्लवले जनाएको छ । ताइवान, क्यानडा, अमेरका र चाइनाबाट प्रात भएको उक्त स्वास्थ्य सामाग्री हाल कोरोनाका बिरामीहरुलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले ल्याइएको क्लवका पूर्व गर्भनर कीरणलाल श्रेष्ठले बताए । क्लवले ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर, ४७ केजी बराबरको अक्सिजन ग्याँस सिलिण्डर सहयोग गरेको हो । यसैबिच, पोखरा महानगरापालिकाका मेयर मानबहादुर जिसी, क्लवका पूर्व गर्भनर किरणलाल श्रेष्ठ, क्लवका अध्यक्ष जितेन्द्र सिग्देलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्री, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, मुस्ताङ जिल्ला अस्पतालको लागि गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । क्लवले करिब १ करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गर्ने भएको संयोजक कुवंरले दाबी गरीन् ।
क्लवको वार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै गरेका बिरामी र उनका कुरुवालाई गरी करिब २ सय ५० जनालाई फलफुल वितरण गरिएको उनले जनाइन्। पहिलो चरणको कोरोना महामारीका वेला खासै ध्यान नदिएको हँुदा दोश्रो चरणको कोरोना महामारीले धेरै जनतालाई प्रभावित पारेको मेयर जिसीले बताए । प्राप्त स्वास्थ्य सामाग्री सम्बन्धित अस्पतालहरुले उचित ढंगले प्रयोग गर्न आग्रह गर्दै मेयर जिसीले आफुहरुले पोखरा क्षेत्रको लागि ४ लाख खोप ल्याउने योजना बनाइ पनि केन्द्र सरकारको निमयका कारण आफुहरुले मात्र चाहेन ल्याउन असम्भव भएको जनाए ।

प्रतिकृया दिनुहोस्