Pokharapatra National Daily

प्रदेश सांसद थापा पुनः कारवाहीमा

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य (सांसद) कृष्ण थापा पुनः कारवाहीमा परेका छन् । जनमोर्चाले कारवाही स्वरुप सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता भएको हो ।
शुक्रबार भएको सदनमा सभामुख नेत्रनाथ अधिकारीले उनलाई कारवाही भएको बिषयमा पत्र पढेर सुनाएका थिए । प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहिबार प्रदेशसभामा विश्वासको मत लिदाँ विपक्षिमा मदतान गर्न पार्टीले जारी गरेको ह्विीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेको हो । यस अघि जनमोर्चाले ह्विीप उल्लंघन गरेको भन्दै पदमुक्त गरेको थियो । थापाले कानूनि उपचारको लागि सर्वोच्च अदालतमा पुगेका थिए उनलाई सर्वोच्चले पुर्नबहाली गरेको गरेसंगै विहिबारको सदनमा सहभागि भएका थिए । थापा विहिबारको मतदानमा तटष्थ बस्दै पक्ष विपक्षमा कसैलाई पनि मत दिएनन् । यसअघि पार्टी निर्देशन नमानेको भन्दै सांसद पदबाट हटाइनुभएका सांसद थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरिदिएको थियो । संसद बैठक आगामी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थिति मा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए ।
नयाँ सरकार गठनको लागि कांग्रेस नेतृत्वमा गठबन्दन तयारी अबस्थामा रहेको श्रोतको दाबी । गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सरकार वनाउन आव्हान गरेसंगै अन्य दलहरुले बहुमत सङयाको हस्ताक्षर लियर प्रदेश प्रमुख समक्ष जाने गरी तयारी गरेका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीबाट पदमुक्त भएकाछन्। शुक्रबार मन्त्रीपदबाट राजिनामा दिएका गुरुङलाई गण्डकी प्रदेश सरकारले मन्त्रीपद मुक्त गरेको थियो ।
पृथ्बी सुब्बा गुरुङ नेतृत्वको सरकारको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मनाङेले गुरुङलाई विश्वासको मत दिने दिनमा विहिबार दिन भरी जसो सम्पर्क विहिन भई पोखराको एक होटलमा बसेका थिए । उनले गठबन्दन सरकारलाई साथ दिएमा गठबन्दनको सरकार बन्ने लगभग पक्का रहेको श्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्