Pokharapatra National Daily

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, कास्की शाखाद्धारा निःशुल्क स्वास्थ्य सामाग्री वितरण

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, कास्की शाखाले जिल्ला ट्राफिक कार्यालय, कास्कीलाई एक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका सचिव पुष्पराज पौडेलले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरले निम्त्याएको परिस्थितिमा आफ्नो व्यापार व्यावसायलाई थाती राखी आफुमा भएका दुःख पीडाहरुलाई एक ठाउँमा पञ्छाएर एक मानवले अर्काे मानवलाई सहयोग गर्नुपर्छ भन्ने भावनाकासाथ कास्की जिल्लाका आयुर्वेद व्यावसायीहरुले आफु सक्दो रकम संकलन गरी निःशुल्क स्वास्थ्य सामाग्री बाड्ने संकल्प गरेको हो भन्ने बताए । सोही अनुरुप सरकारबाट जे–जस्तो रुपमा उपलब्धता भएपनि जनताको जिउँधनको सुरक्षा गर्नलागि अग्रभागमा अहोरात्र खट्नुहुने राष्ट्रसेवक जिल्ला ट्राफिक प्रहरीहरुको मनोबल उच्च राख्न, सामाजिक सद्भाव बढाउन, उनीहरुलाई बाहिरी संक्रमणबाट बचाउनको लागि सहयोग गर्नुपर्छ भन्ने ध्येयका साथ ट्राफिक प्रहरीलाई छनौट गरिएको बताए ।
ने.आ.औ.व्या.संघ.कास्की शाखाका अध्यक्ष पवन अधिकारीले संस्थाको बारेमा जानकारी दिंदै यस कोरोनामहामारीको संक्रमणबाट संक्रमित अति विपन्न परिवारका व्यक्तिहरु यस समिति समक्ष सम्पर्क गरेको खण्डमा वा कुनै आधिकारिक संस्थाबाट मौखिक या लिखित सिफारिस लिई आएमा सरकारले जारी गरेको प्रोटोकलको आधारमा रही रोगसँग लड्न सक्ने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीहरु निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिए भने स्वास्थ्य सम्बन्धी सरसल्लाह र उचित परामर्शको लागि आयुर्वेदिक विज्ञ डा.हरुको टोली बनाई “स्वास्थ्य परामर्श, एक ऋबिि” मा भन्ने अभियान समेत सञ्चालन गरिएको जानकारी दिए । यसै अवसरमा जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले आफुनो दुःख कष्ट विर्सेर यस्तो अवस्थामा जो तपाईको व्यावसायी समतिले हामीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सदासयता देखाउनु भएकोमा तपाईहरु लगायत सहयोग गर्ने सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद प्रकट गर्दै तपाईहरुको व्यवसाय राम्रो होस् सुरक्षित रही आफ्नो व्यवसाय गर्नुहोला भनी सरकारबाट अपुग रहेको अवस्थामा यस सामाग्रीले केही राहत मिल्ने जानकारी व्यक्त गरे । ने.आ.औ.व्या.संघका केन्द्रिय सदस्य कृष्ण तिमिल्सिनाले संस्थाको सुरुवाती कार्य राम्रो भएको र यस्ता सहयोगका कार्यहरु अगाडी बढाउँदै लैजानेछ भन्ने हौसला दिई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
निःशुल्क सामाग्री वितरणको लागि सहयोग गर्ने फर्महरुमा श्रद्धा आयुर्वेद फर्मा तेर्सापट्टि, श्रेष्ठ ड्रग कन्र्सन तेर्सापट्टि, कृपा आयुर्वेद फर्मा पालिखेचोक, जनसमृद्धि आयुर्वेद औषधालय बगर, बैद्धिक आयुर्वेद फर्मा नागढुङ्गा, गुडहेल्थ आयुर्वेद फुलबारी, कुशुमकृष्ण आयुर्वेद तेर्सापट्टि, स्वीकृति आयुर्वेद, राष्ट्रबैंकचोक, गौतम आयुर्वेद काठमाण्डौ, फेमिली इन्टरप्राइजेज हेमजाले सहयोग गरेका थिए । संस्थाका धेरैजसो कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं जिल्ला ट्राफिक कार्यालयका राष्ट्रसेवक ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको कार्यक्रममको सभापतित्व पवन अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव पुष्पराज पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्