Pokharapatra National Daily

कोरोना राहत स्वरुप दुई बोर्डिङले दिए निःशुल्क पुस्तक

कोरोना महामारीको समयमा विद्यार्थी तथा अभिभावकलाई सुरक्षित राख्नको लागि पोखराका दुई निजी बोर्डिङले निःशुल्क पाठ्यपुस्तक प्रदान गरेको छ ।
सम्भवत पोखरामा पहिलो पटक पोखरा महानगरपालिका वडा नं १३ स्थित बाल कल्याण स्कुल र वेसलाइन एकेडेमी स्कूलका विद्यार्थीहरुलाई रिजल्टसँगै निःशुल्क पुस्तक वितरण गरिएको हो । ज्यान बचाएर घरमै बस्ने समयलाइ विद्यालयले आत्मैदेखी बुझेर बजार घुम्दा कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई सुरक्षित राख्न हालै विद्यालयवाट पुस्तक वितरण गरेको छ । गत वर्षदेखि कोरोनाले ग्रस्त आर्थिकले हरेक अभिभावकलाई पढाउन समस्या परेको समयमा निःशुल्क पाठ्य पुस्तकले केही सजिलो होस भनेर यो कार्यक्रम गरिएको बाल कल्याण स्कुलका प्रिन्सिपल तथा संचालक षडानन्द गौतमले बताए । लकडाउन नहुँदै जोर विजोर गाडी चल्ने समयममा नै काठमाडौदेखि पुस्तक ल्याएर राखिएको गौतमले भने । रिजल्टका दिन विद्यालयमा आउन नसकेका कोरोना संक्रमित अभिभावक र रुघाखोकी लाएर घरमा बस्नु भएका अभिभावकको घरमा स्वास्थ्य मापदण्ड पुरा गरि घरघरमा पुस्तक प्रदान गरिएको प्रिन्सिपल गौतमले बताए । यस्तो आर्थिक मन्दीमा दुइ विद्यालयका १४ सय विद्यार्थीलाई करिव ३० लाख बराबरकोे पुस्तक अभिभावकलाई वितरण गर्न पाउँदा आत्मैदेखि आनन्द भएको प्रिन्सिपल गौतमले भने । वडा नं १३ का वडा सदस्यद्धय कृष्णकुमारी गुरुङ र कमला विकले पनि निजी विद्यालयले यस्तो समयमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्नाले अभिभावकको व्यथा बुझ्न सफल विद्यालय भनेका छन् ।
विद्यालयले सारै राम्रो कार्य गरेको चर्चा गर्दै अभिभावक प्रकाश सिग्देलले सरकारले वर्तमान समयमा विद्यार्थीलाई केही नसोचेको वेला निजी विद्यालय समाजमै उदाहरणीय बनेको भने । कोरोना महामारीको समयमा यस्तो उदाहरणीय कार्य अन्य विद्यालयले पनि अनुशरण गरेमा अभिभावकलाई ठूलो राहत पुग्ने अभिभावक सिग्देलले जोड दिए । किताववाट बंचित भएर पढाइ छोड्न विवश भएका विद्यार्थीहरुको हातमा किताव परेपछि धेरै जसो अभिभावक खुशी भएका विद्यालयका अभिभावक शान्तवहादुर घिसिङले बताए । वेसलाइन एकेडेमी स्कुलका प्रवन्ध निर्देशक तथा संचालक शोभा लक्ष्मी पौडेलले पनि पुस्तक अभिभावकको हातमा परेपछि अभिभावकको हसिलो अनुहार देखेपछि आफुलाई हृदय देखि आनन्दको अनुभुति मिलेको भनिन् । त्यसैगरी वेसलाइन एकेडेमीवाटै हाइ स्कुल उत्र्तीण गरी अंग्रेजीमा स्नातकोत्तरको गर्न सफल सोही विद्यालयकै सहायक प्रधानाध्यापक दिलु गुरुङलाई यस्तो महामारीको समयमा अभिभावकलाई निःशुल्क पुस्तक प्रदान गर्न पाउँदा जीवनमा सबैभन्दा खुशी मिलेको भनिन् ।
बालकल्याण स्कुलमा शिक्षक तथा अभिभावकको भुमिका खेलीरहेकी मिनमायाँ तमाङलाई पनि विद्यालयले गरेको कार्यक्रमले कुनै पनि विद्यार्थी पढाइबाट बन्चित नहुनेमा खुशी छिन् । वेसलाइन एकेडेमी विद्यालयमा हालै कक्षा ९ मा गएकी आयुष्मा हमालले निःशुल्क पुस्तक हातमा पाउँदा हाम्रो परिवार सारै खुशी भएको र आफ्ना साथीहरु कोही पनि पढाइबाट अव बन्चित नहुने भनिन् ।

प्रतिकृया दिनुहोस्