Pokharapatra National Daily

नेपाल सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशको कोभिड–१९ हेल्प डेक्स समितिबाट सहयोग

नेपाल सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशद्धारा प्रदेशका व्यवसायीहरुलाई कोभिड–१९ को भाइरसबाट संक्रमित भएका विरामीहरुलाई स्वास्थ्य उपचारमा सहजीकरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोभिड–१९ हेल्प डेक्स समिति चन्द्र किशोर गौतमको संयोजकत्वमा १०१ सदस्यीय सठन गरी १९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।
सदस्यबाट सहयोग संकलन गरि सदस्य, सदस्यका परिवार र कालिगढहरुलाई सहयोग गरिने जनाएको छ । यसरी सहयोग संकलन गरेको रकम रु ७ लाख २२ हजार ६९ रुपैया रहेको छ भने जसमा थप नेपाल सुनचादी व्यवसायी महासंघले २ लाख सहयोग गरेको छ । यो समेत जम्मा रु ९ लाख २२ हजार ६९ रुपैया जम्मा भएको संयोजक चन्द्र किशोर गौतमले बताए ।
संक्रमित र उनीहरुको परिवारबाट आशा गर्दै अपेक्षा गरी रहेका छन् । हाम्रा १०१ जना सदस्यहरु सक्रिय भई रहेका छन् । गोर्खा जिल्लाको विकट अजिरकोट गा.वि.स. घर भै वारपाक शलीकोट बस्ने व्यवसायी हिमबहादुर विश्वकर्मा संक्रमित भएपनि घरमै बसीरहेको अवस्थामा गोर्खाबाट एम्बुलेन्स पठाई ल्याएर उपचार गरि घर फर्केको र उक्त एम्बुलेन्स खर्च हेल्पडेक्स समितिले तिरेको थियो । यसैगरी नवलपुर घरभई रुकुमकोटमा व्यवसाय गरी बसेको भैरहवा सुनचादी पसलका प्रोपाइटर इश्वरी विक परिवारसहित संक्रमित भएको र श्रीमति सुशिला वि.क. मनिपाल शिक्षण अस्पतालमा भर्ना भइ लामो समय बस्नुपरेको हुदाँ औषधी खर्चमा हेल्प डेक्सबाट पन्ध्र हजार र सुनचादी व्यवसायी संघ कास्कीबाट पन्ध्र हजार राहत सहयोग गरेको छ । यसैगरी नवलपुरका व्यवसायी संक्रमित भइ चितवन मेडिकल कलेजमा भर्ना भई लामो उपचार गरेतापनि ज्यान बचाउन नसेको अवस्थामा किरिया खर्चमा सहयोग स्वरुप दश हजार, बागलुङ न.पा.७ घर भई बुर्तिवाङ बस्ने संक्रमित पोखरा लेखनाथ कोभिड अस्पतालमा उपचाररत यामु पैविलाई दश हजार सहयोग गरेको संयोजक चन्द्र किशोर गौतमले बताए ।
यसरी कोभिड १९ बाट व्यवसायी बचाउने हाम्रो कार्यमा सबैतिरबाट प्रशंसा भएको र अझै सहयोगी मन भएका व्यक्तिहरुलाई सहयोगको आग्रह गर्दै, संक्रमितहरुलाई एम्बुलेन्स, अस्पताल, अक्सिजन र औषधी सहयोग पु¥याउदै संक्रमितबाट बच्नका लागि डाक्टरको परामर्श सम्पर्क तथा जुम प्रविधिबाट शिक्षा पनि दिने अभियान रहेको संयोजक गौतमले बताए ।

प्रतिकृया दिनुहोस्