Pokharapatra National Daily

निशुल्क उपचार गर्ने भनेको मणिपालले चर्को शुल्क लिएपछि निरास हुदै अस्पतालबाट जो बाहिरिए…

पोखराका दुई निजी अस्पताल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजले केही दिन देखि कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न सुरु गरे पनि मणिपालले भने एक बिरामीको उपचारमा शुल्क मागेको खुल्न आएको छ । दैनिक १५ हजारसम्म कोरोनाको उपचार गर्ने भन्दै सरकारसंग सम्झौता गरेको मणिपालले रोल्पाका एक गरिब परिवारसंग चर्को मुल्य अशुल्न खोजेको पिडितले हामीलाई गुनासो गरेका हुन् ।
पोखरामा मजदुरी गर्दै आएका रोल्पाका जानबहादुर बुढामगरले आफ्नो २१ दिनको शिशुको मणिपालमा उपचार गर्न खोज्दा ९० हजार डिपोजिट सहित दैनिक २२ देखि २८ हजार खर्च लाग्ने माग गरेकोले आफुले मणिपाल शिक्षण अस्तालबाटबाट सेवा लिनबाट बन्चित भएको गुनासो गरे । आफ्नो बच्चा(शिशुलाई) जन्डिस सहित खोकी लागेर उपचार गर्न मणिपाल शिक्षण अस्पतालमा पु¥याएका बुढामगरले अस्पतालमै कोरोना परिक्षण गर्दा बच्चामा कोरोना पोजेटिप देखा परेसंगै चर्को मुल्य मागसंगै उपचार गर्न आफुहरुसंग पैसा नभएको कारण अस्पतालबाट उपचार गर्न बन्चित भएको उनले बताए । बुढामगरकी श्रीमतीको मणिपालमै सुत्केरी गराएका थिए भने उनीहरु आफ्नो निवासमा फर्किएसंगै केही दिन पछि बच्चामा जण्डिस, खोकी लाग्ने र घ्यारघ्यार भएकोले उपचारको लागि मणिपालमै पुराएका थिए । उनले भने “म गरिब परिवारको मजदुरी गरेर खाने मान्छे हो यती धेरै पैसा मैले कहाँबाट जुटाउने पहिला उपचार गर्नुहोस र त्यसमा केही मिलाउनुहोस ऋण धन गरेर तिरौंला भनेको पहिला ९० हजार डिपोजिट विना उपचार हुदैन भने पछि बाध्य भएर अस्पतालबाट बच्चा फिर्ता लैजानु परेको हो । ”
यस बिषयमा मणिपाल शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सरोज पौडेलले उनको बिषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताए । उनले भने “सरकारले तोकेको शुल्कमा हामीले हाल कोभिडका बिरामीको उपचार गर्दै आएको छौं, कोभिड भएको बिरामीलाई हामीले अहिलेको अबस्थामा अनेत्र पठाउनु पर्ने अबस्था आएकै छैन् ।” अस्पतालमा हाल करिब कोरोनाका गम्भिर सहितका ५० जनाको उपचार भई रहेको बताए । अस्पतालमा एनआईसियू समेत भएकोले कोरोना देखिएको अबस्थामा छुट्टै रुमको समेत अस्पतालले प्रबन्ध गरेको पौडेलको भनाई छ । आफ्नो बच्चालाई अब उपचार गर्न पैसा नभएकोले घर फर्किनेकी भन्दै निरास हुदै अस्पतालबाट बाहिर निस्कदै गर्दा केही सेवाग्राहीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान सुझाव दिएसंगै उनी प्रतिष्ठान तर्फ लागे । विहिबार प्रतिष्ठानमा अक्सिजन ग्याँसको अभावले समस्या भएको अबस्थामा पनि प्रतिष्ठानले एनआईसियूमा राखेर उपचार गर्ने प्रबन्ध भएसंगै बुढामगर दम्पत्तिलाई धेरै राहत भएको महशुस भएको छ । हाल प्रतिष्ठानमा निशुल्क रुपमा बच्चाको उपचार भएको बुढामगरले जनाए । विहिबार साँझ मणिपालबाट आफै डिस्चार्ज मागेको भन्ने व्यहोराको पत्र सहित बुढामगरले आफ्नो बच्चाको उपचार गर्न प्रतिष्ठानमा आएसंगै आफुहरुले हालसम्म निशुल्क रुपमा उनको उपचार गर्दै आएको उपचारमा संलग्न प्रतिष्ठानका वालरोग विभाग प्रमुख (बरिष्ठ कन्सलटेन्ट) डा. रामचन्द्र बाँस्तोलाले बताए ।
गरिब तथा विपन्न बर्गका व्यक्तिको सेवा गर्नु नै ठुलो धर्म सम्झेका डा. बाँस्तोलाले हालसम्म बुढामगर परिवारसंग अस्पतालले एक पैसा समेत नलिएको उनको सम्पुर्ण खर्च निःशुल्क रुपमा उपचार गराउदै गरेको जनाए । विहिबार बेलुका करिब ८ः०० देखि मध्य रात १२ः०० बजेसम्म बच्चालाई एनआईसियूमा राखेर उपचार गरेसंगै धेरै सुधार भएकोले वालरोग विभाग प्रमुख डा. बाँस्तोलाले बताए । प्रतिष्ठानमा बच्चालाई अक्सिजन दिने टिकाप मेसिन भएकोले त्यसको माध्यमबाट समेत बच्चालाई सुधार भएसंगै हाल बच्चा खतरा मुक्त भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्