Pokharapatra National Daily

राष्ट्रपति भण्डारीको खोप कुटनीति

कोरोना भाइरस विरुद्ध लड्न खोपको अभाव झेलिरहेको सरकारलाई उत्तरी छिमेकी चीनले ढाडस दिएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले नेपालका दुई छिमेकी चीन र भारतका समकक्षीसंग खोप उपलब्ध गराउन कुटनीतिक पहल लिएकी छन । राष्ट्रपति भण्डारीले गरेको पहलको तत्कालै देखिएको छ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका छन ।
दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी छन । सरकारले कोरोना भाइरस विरुद्धको लडाइँको लागि सम्पूर्ण ध्यान केन्द्रीत गरेको छ।खोपलाई पहिलो प्राथमिकता दिएको छ।भारत, चीन, अमेरिका, बेलायत, रुस, संयुक्त राष्ट्र संघ सबैसंग खोप उपलब्ध गराउन राजनीतिक, कुटनैतिक पहल गरिरहेको छ । ती देशहरूले सहयोग गर्ने विश्वास दिलाएका छन । सहयोगमा पनि गरिरहेका छन । चिनियाँ समकक्षी सीसँग भएको टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।
करिब ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् । जवाफमा चिनियाँ राष्ट्रपति सीले आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका थिए । ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए ।
राष्ट्रपति भण्डारीले मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी छन । ‘सरकारले खोपलाई कति प्राथमिकता दिएको छ भन्ने प्रमाणित गर्छ’,। खोप उत्पादन गर्ने मुलुकहरुमा नै संक्रमण बढेकाले समस्या भएको भएपनि सरकारले प्रयत्नमा कुनै कमि देखाएको छैन । ‘प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र परराष्ट्रमन्त्रीले खोप र अन्य स्वास्थ्य उपकरण, सामाग्री र औषधीका साथै अस्पतालको स्तरोन्नति गर्न सबै उपाय अबलम्बन गर्ने प्रतिबद्धता जनाउँदै आएका छन।शुरुमा सरकारको आलोचना भए पनि अहिले कोरोना भाइरस विरुद्धको अभियानमा केन्द्रीत गरेको छ।यस काममा विपक्षी र नागरिक समाजको पनि सहयोग जरुरी हुन्छ ।’

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...