Pokharapatra National Daily

राष्ट्रपति भण्डारीको खोप कुटनीति

कोरोना भाइरस विरुद्ध लड्न खोपको अभाव झेलिरहेको सरकारलाई उत्तरी छिमेकी चीनले ढाडस दिएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले नेपालका दुई छिमेकी चीन र भारतका समकक्षीसंग खोप उपलब्ध गराउन कुटनीतिक पहल लिएकी छन । राष्ट्रपति भण्डारीले गरेको पहलको तत्कालै देखिएको छ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका छन ।
दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी छन । सरकारले कोरोना भाइरस विरुद्धको लडाइँको लागि सम्पूर्ण ध्यान केन्द्रीत गरेको छ।खोपलाई पहिलो प्राथमिकता दिएको छ।भारत, चीन, अमेरिका, बेलायत, रुस, संयुक्त राष्ट्र संघ सबैसंग खोप उपलब्ध गराउन राजनीतिक, कुटनैतिक पहल गरिरहेको छ । ती देशहरूले सहयोग गर्ने विश्वास दिलाएका छन । सहयोगमा पनि गरिरहेका छन । चिनियाँ समकक्षी सीसँग भएको टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।
करिब ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् । जवाफमा चिनियाँ राष्ट्रपति सीले आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका थिए । ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए ।
राष्ट्रपति भण्डारीले मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी छन । ‘सरकारले खोपलाई कति प्राथमिकता दिएको छ भन्ने प्रमाणित गर्छ’,। खोप उत्पादन गर्ने मुलुकहरुमा नै संक्रमण बढेकाले समस्या भएको भएपनि सरकारले प्रयत्नमा कुनै कमि देखाएको छैन । ‘प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र परराष्ट्रमन्त्रीले खोप र अन्य स्वास्थ्य उपकरण, सामाग्री र औषधीका साथै अस्पतालको स्तरोन्नति गर्न सबै उपाय अबलम्बन गर्ने प्रतिबद्धता जनाउँदै आएका छन।शुरुमा सरकारको आलोचना भए पनि अहिले कोरोना भाइरस विरुद्धको अभियानमा केन्द्रीत गरेको छ।यस काममा विपक्षी र नागरिक समाजको पनि सहयोग जरुरी हुन्छ ।’

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...