Pokharapatra National Daily

सडक पेटिका कुकुरलाई खाना खुवाउदै पोखराका दुई युवती

कोरोनाको कारण पोखरा सहित कास्कीमा हाल निषेधाज्ञा जारी रहेको अबस्थाका सडक क्षेत्र यति वेला प्राय सुनसान भएका छन् ।
दैनिक ज्यालादारी मजदुरहरुले समेत खानखान समस्या उत्पन्न हुन थालेको अबस्थामा सडक क्षेत्रमा हिड्ने गरेका कुकुरहरुलाई खाना खुवाउने बिषयमा त कसले सोच्ने । तर समाजमा विभिन्न विचार धारा भएका मानिसहरुको सोचमा फरक हुन्छ ।
यस्तै फरक सोच पोखरा लेकसाइडका दुई युवतीमा रहेको छ । पोखराको एक रेष्टुरेण्टको क्यासियरमा काम गरेकी युवती झर्ना नेपाली र देवियानी राईले हिजोआज दैनिक जसो लेकसाइडका सडकमा भेटिएका कुकुरलाई खाना खुवाउदै आएका छन् । जहाँ इच्छा त्यही उपाय भने झै भएको जागिर पनि कोरोनाले गर्दा गत बर्षदेखि बेरोजगार भएकी नेपालीले आफ्नो गाँस कटायर भय पनि कुकुरलाई खाना खुवाउन निरन्तरता दिएकी हुन् ।
अन्य दिनमा दैनिक जसो १५÷१७ कुकुरहरुलाई विहान विस्कुट र वेलुका खाना खुवाउदै आएकी नेपालीले कोरोनाको कारण हाल पोखरामा पनि निषेधाज्ञा जारी हुँदा होटल तथा रेष्टुरेण्ट बन्द भएसंगै बजारमा चहल पहल ठप्पै भएकोले हाल दैनिक जसो २०÷२२ वटा कुकुरलाई खानाको प्रबन्ध गर्दैै आएको बताइन्। उनले भनिन् “कुकुरहरु पनि हामी मानव जस्तै प्राणीहरु हुन, उनीहरुलाई पनि भोक लाग्छ, कोरोनाले गर्दा हाल बजार प्राय ठप्प भएको अबस्थामा कुकुरहरुले के खाए होलान भन्ने झन मलाईं चिन्त्ता लाग्छ ।” कहिले काँहि कुकुरले भोग लागेको अबस्थामा बन्द रहेका सटरहरु समेत हान्ने गरेकोले उनीहरुमा कति भोक लागेको छ भनेर मानवले बुझ्नु पर्ने उनको भनाई छ । नेपालीले भनिन “हामीले खाना खाएको ३÷४ घण्टामा भोक लागेको अनुभव हुन्छ, कुकुरहरुलाई पनि भोग हुदो हो, यस्तो अबस्थामा फन उनीहरुलाई खाना खुवाउने ठाँउ प्राय बन्द जस्तै भएको छ, मानिसको चहल पहल कम छ, यसमा हामी जस्ताले यस्ता जनावरको संक्षरण गर्नु पर्छ भन्ने मलाई लाग्छ ।” कुनै घटना तथा दुर्घटनामा परी घाइते भएका कुकुरको रेस्क्यू समेत गरेर उपचार समेत आफुहरुले गराएको नेपालीले जनाइन् । नेपालीको अभियानमा विगत एक बर्ष देखि साथ दिदै आएकी छन एक युवती देवियानी राईले । आफ्नो जागिर नभएको अबस्थामा राईको सहयोग र साथ पाउदा आफुलाई कुकुरहरुको रेखदेखमा धेरै सहज भएको नेपालीले जनाइन् ।
चामल, नुन र मासु तथा हड्डी पकायर उनीहरुले बेलुका लेकसाइड क्षेत्रमा रहेका कुकुरलाई खाना खुवाउन हिड्ने गर्दछन् । पहिला कुकुरलाई खाना खुवाउदा आफ्नो घर परिवारबाट उचित सहयोग नपाए पनि केही समय पनि राम्रै सहयोग हुने गरेको नेपाली र राईले जनाए । राई ह्याण्डिग्राफ व्यवसाय संचालन गर्दै आएकी छन भने नेपालीले सुरु गरेको कुकुरलाई खाना खुवाउने अभियान आफुले समेत जीवन रहदासम्म उनलाई सहयोग गर्ने बताइन््। मासिक करिब ७ हजार रुपैया खर्च लाग्ने भएको उनीहरु बताउछन् ।
कहिले काहि केही व्यत्ति तथा संस्थाबाट सहयोग जुट्ने अन्यथा आफ्नो व्यत्तिगत रुपमा सहयोग गर्दै आएको उनीहरु बताउछन्। आफुलाई पनि सानै देखि कुकुर मन पर्ने भएकोले नेपालीको अभियानमा आफुले पनि सधै साथ दिने राईले बताइन्। उनीहरुको अभियान देखेर समाजका केही व्यक्तिहरु छक्क पर्छन त केहीले राम्रो काम गरेकोमा धन्यवाद सहित कुकुरालाई खाना खुवाउन रकम समेत दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्