Pokharapatra National Daily

प्रदेशका अन्य जिल्ला भन्दा कास्की कोरोनाले बढी प्रभावित

कास्की जिल्ला कोरोना संक्रमण (कोभिड—१९) बाट गण्डकी प्रदेशका अन्य १० जिल्ला भन्दा सवैभन्दा बढी प्रभावित भएको छ ।
प्रदेशका ११ जिल्ला मध्य कास्कीमा कोरोनाको मृत्युदर ५३ रहेको छ भने मनाङमा मुत्युदर हालसम्म शुन्यमा रहेको छ ।
हिमालपारीको जिल्ला मुस्ताङमा कोरोनाको मृत्युदर १.०३ प्रतिशत रहेको छ भने कास्की पछि स्याङ्जामा मृत्युदर १४ प्रतिशत रहेको छ । हालसम्म कास्कीमा कोरोनाले गर्दा २ सय ६८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञेप्तिमा जनाइएको छ । यो सङख्या अन्य प्रदेशका अन्य जिल्लाको तुलनामा अध्याधिक धेरै हो । त्यसै गरी कोरोनाबाट मुस्ताङमा ६, लमजुङमा १२, म्याग्दीमा २३, गोर्खामा २५, तनुहँमा ५८ जना, बागलुङमा ३१, पर्वतमा ३५, स्याङ्जामा ८१, नवलपरासी पूर्र्वमा ३८ जनाको मृत्यु भएको छ भने हिमालपारीको जिल्ला मनाङमा भने हालसम्म एक जनाको पनि मृत्यु भएको छैन् । प्रदेशमा हालसम्म कोरोनाले ५ सय ७७ जनाको ज्यान गएको छ ।
प्रदेशमा हाल १० जहार ७ सय ३९ जना कोरोनाका सक्रिय केस रहेका छन् भने ३७ हजार ९ सय ५४ जनामा संक्रमण देखा परे पनि २६ हजार ६ सय ३८ जना निको भएको छ । पछिल्लो चौविस घण्टामा २ हजार २ सउय २३ जनाको कोरोना परिक्षण गर्दा १ हजार ७९ जनामा कोरोना संक्रमण देखा परेको निर्देशनालयले जनाएको छ ।
होम आइसोलेसनमा हाल १० हजार ३ सय १२ जना रहेका छन् । कास्कीमा ४ सहित गण्डकी प्रदेशमा कोरोना शंक्रमणबाट पछिल्लो चौविस घण्टामा थप ७ जनाको मृत्यु भएको छ । प्रदेशको राजधानि पोखराको विभिन्न अस्पतालमा उपचार गर्दै गरेका कोरोनाका बिरामीहरुको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको अध्यावधिकमा उल्लेख गरेको छ । मुत्यु हुनेहरुमा स्याङ्जाका २ र लमजुङका १ जना रहेका छन् ।
पोखरा २६ का २९ वर्षीय पुरुषको सोमबार पोखराको मेडिप्लस अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने पोखरा १२ का ७८ वर्षीय पुरुषले बुधबार होम आइसोलेसनमै ज्यान गुमाए । कास्कीको माछापुच्छे«े ३ का ८५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बुधबार नै मृत्यु भयो भने मणिपालमै स्याङ्जा वालिङ ९ का ४८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १ का ४१ वर्र्षीय पुरुष र वालिङ ८ की ६० वर्षीया महिलाले मंगलबार मृत्यु भएको प्रतिष्ठानका कोभिड उपचार केन्द्रका संयोजक डा. शरदचन्द्र बरालले बताए । लमजुङको मध्यनेपाल नगरपालिका ४ की ८५ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा मंगलबार मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्