Pokharapatra National Daily

कुमुदीनि होम्स माविका शिक्षिका दुर्गा भाटको उपचारकै क्रममा निधन

पोखराको  कुमुदीनि होम्स माविका एक शिक्षिकाको उपचारको क्रममा निधन भएको छ ।
जनकपुर घर भई विगत १२ बर्ष देखि कुमुदीनि होम्समा पठन पाठन गराउदै आएकी ३६ बर्षकी दुर्गा भाटको पोखराको चरक मेमोरियल अस्पतालको सघन उपचारकक्ष (आईसियू) मा उपचारकै क्रममा मंगलबार निधन भएको विद्यालयले जनाएको छ ।
विद्यालयमा हाल प्राइमरी इन्चार्जको भूमिका खेल्दै आएकी भाटको कोरोना संक्रमण देखा परे पश्चात निको भए पनि निमोनियाको कारण उपचारकै क्रममा निधन भएको कुमुदीनि होम्स माविका संस्थापक असोक पालिखेले बताए ।
कोरोनाको केही लक्षण देखा परेसंगै पोखराको फिस्टेल अस्पतालमा दुई दिन उपचार गरेर कोरोना पुष्टि भएसंगै उनको थप उपचारको लागि कोभिड उचार केन्द्र अन्र्तगत चरकमा लगिएको थियो । अस्पतालले भने कोरोनाका कारण उनको फोक्सोमा भएको खरावीले गर्दा मृत्यु भएको बताएको छ । कोरोना संक्रमण निको भए पनि उनको पेटमा रहेको शिशु पेटमै निधन भएको अबस्थाबाट केही दिन अघि निकालिएको उनको परिवारले जनाएको छ । पोखरा रामघाटमा हाल बस्दै आएकी भाटका एक श्रीमान एक छोरा रहेका छन् । यसैबिच, कुमुदीनि होम्स माविले आफ्नो बिद्यालयकी शिक्षिका दुर्गा भाटको निधनको घटना प्रति गहिरो दुःख व्यत्त गरेको छ । विद्यालयमा लामोसमय देखि डिपाटमेन्ट इन्चार्जको रुपमा काम गर्दै आएकी इमानदार, मेहनती र बिद्यालयप्रति लगाव राख्ने असल शिक्षिका गुमाउनु परेकोमा विद्यालय परिवार स्तब्ध भएको विद्यालयले जनाएको छ । मृत आत्मको चिरशान्तिको कामना सहित श्रद्धान्जली एवं उनको परिवारजनमा कुमुदीनि होम्स मावि परिवारले हार्दिक समवेदना समेत व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्