Pokharapatra National Daily

फ्रान्सबाट आउने भयो प्रतिष्ठानमा अक्सिजन मेसिन

एक थुकि सुकि, सय थुकी नदि भन्ने भनाई लाई सार्थक पार्न पोखरामा यति वेला १०० दान , माहामारिमा प्राण भन्ने नारा सहित अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान जारी रहेको छ ।
पोखरामा नागरिक स्तरबाट अक्सिजन प्लान्ट स्थापनाको लागि अभियान सुरु भएसंगै हाल रकम संकलन तथा मेसिन खरिद गर्ने प्रकृया दु्रत गतिमा अघि बढेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अक्सिजन प्लान्ट स्थापनार्थ निर्माण समितिका अध्यक्ष एवं अक्सिजन प्लान्टका अभियान्ता आनन्द बतासले बताए ।
पोखरामा सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट ढिलोमा एक महिना भित्र फ्रान्सबाट चर्चीत ब्राण्ड नोभा कम्पनीको मेसिन आउने भएको उनले जनाए । उक्त मेसिन खरिद गर्न समितिले पहिलो चरणमा एक करोड ५४ लाख समेत अग्रिम भुत्तानी समेत गरेको समितिले जनाएको छ । सो मेसिन खरिद गर्न करिब पौने चार करोड लाग्ने भएको उनले बताए । हवाई रुटबाट उत्तः मेसिन नेपाल ल्याउदा एक करोड भन्दा बढी रकम लाग्ने हुँदा त्यसको लागि सरकारको सहयोग माग गरिएको समितिले जनाएको छ ।
उनले भने “हामीले एक महिना मित्र अक्सिजन मेसिल भित्राउने छौं, हामीले सोेचेको भन्दा केही सहुलियत मेसिन खरिन हुने भएको छ, बाँकी रहेको रकम हामीले अस्पतालमा आईसियू वेड थप्ने योजना बनाएका छौं ।” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल पनि सघन उपचार कक्ष(आईसियू) नभएकोले केही आईसियू वेड राख्ने आफुहरुको योजना थपिएको बतासले जनाए । विदेशबाट हालसम्म करिब १७ लाख संकलन भएको केहीबाट थप रकम प्राप्त हुने आश्वासन आएकोले केही समयसम्म रकम संकलन अभियान जारी रहने अक्सिजन प्लान्टबाट बचत रकम आइसियू बेड व्यबस्थापनमा खर्चिने भएको उनले जनाए । उक्त अभियानलाई सफल पार्न ५० हजार भन्दा बढी रकम दिनेहरुको नाम विभिन्न संचार माध्यम तथा सामाजिक संजाल मार्फत सार्वजनिक समेत गर्ने समितिले जनाएको छ ।
बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको सक्रियतामा सुरु भएको यस अभियानमा हालसम्म करिब ३ करोड ३८ लाख सहयोग गर्नेको प्रतिवद्धत्ता आएको छ भने करिब २ करोड १० लाख भन्दा बढी रकम बैंकमै जम्मा भएको छ । यदि कसैले उक्त अभियानलाई सफल पार्न न्यूनतम एक सय देखि सहयोग गर्न सकिने भएको छ भने ग्लोवल बैंको खाता नम्बर ६५०१०१००००४७७ रहेको छ । आफुहरुले प्रति दीन १ सय ५० ग्याँस सिलिण्डर उत्पादन हुने गरी अक्सिजन प्लान्ट स्थापना सहित र थप स्वास्थ्य सामाग्रि जोहो गर्ने लक्ष्यका साथ अभियानमा लागेको समितिका कोषाध्यक्ष एवं प्रवत्ता युवा व्यवसायी नारायण प्रसाद पौडलले बताए । धेरै भन्दा धेरै जनताको अपनत्व होस भन्नका खातिर न्यूनतम एक सय देखि आफुहरुले सहयोग संकलन गर्न आव्हान गरिएकोे उनले जनाए । देशका केही भागमा अझै पनि अक्सिजन ग्याँस पाएर अस्पतालको वेडबाटै छट्पटाउदै मुत्यु वरण गर्नुपर्ने अबस्था रहेकोले गण्डकी प्रदेशको राजधानि पोखरामा त्यो अबस्था नआहोस भन्ने उद्धेश्यले उक्त अभियानमा जुटेको अभियान्ता बतासले बताए । उनका अनुसार महामारीका वेला प्रतिष्ठानमा कम्तिमा पनि दैनिक ५ सय अक्सिजन ग्याँस सिलिण्डर उत्पादन गर्ने क्षमताका अक्सिजन प्लान्टहरु आवश्यक पर्छ । उनले भने “यो अभियान बतासको मात्र होइन यो मानवीय अभियान हो यदि कसैले यो अभियानलाई सफल पार्न चहानुहुन्छ भने एउटै खातामा जम्मा हुने गरी काम गर्नु पर्यो ।” उक्त अभियानमा सहयोगको लागि बचन दिएकाहरुलाई समितिले जति सक्दो छिटो रकम बैंकमा दाखिला गर्न वा समितिलाई सहयोग गर्न आव्हान गरेको छ ।

प्रतिकृया दिनुहोस्