Pokharapatra National Daily

अस्पताल र प्रयोगशाला भवन शिलान्यास

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा ३० मोहोरीया स्थित संक्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको सोमबार शिलान्यास गरेका छन् ।
संघ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीनतला सहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको पाँच तलाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस संक्रमणले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपेको बताउँदै मुख्यमन्त्री गुरुङले यस अस्पताललाई गण्डकी प्रदेशको मात्र नभई देशको नै आशा भरोसायुक्त अस्पतालको रुपमा विकास गरिने बताए ।
अस्पतालको भौतिक पूर्वाधार विकास मात्र नभई आवश्यक दक्ष जनक्तिको व्यवस्था गरिने कुरामा आफु प्रतिवद्ध भएको बताउँदै उनले मानव जीवनको रक्षार्थ गरिने यस किसिमका विकास निर्माणलाई सवैको साथ र सहयोग आवश्यक हुने बताए । कोरोना परिक्षणको नतिजा ढिलो आउने गरेको जनगुनासोलाई सम्वोधन गर्दै २४ घण्टा भित्रमा नतिजा उपलव्ध गराउनेतर्पm प्रदेश सरकार लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालको पहिलो वर्षमा ५० शय्या, दोश्रो वर्षमा ५० हुँदै कूल दुई सय शय्या पु¥याउने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेलले तीन तहका सरकार, स्थानीय समुदाय स्वास्थ्यकर्मीको समन्वय र सहकार्यमा तोकिएको समय एवम् गुणस्तरीय निर्माणमा जोड दिइने बताए ।
स्थानीय सक्रियता एवम् लायन्स अस्पतालको रुपमा सञ्चालीत उक्त अस्पताललाई डेढ वर्ष अघि प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालका रुपमा परिणत गरी स्वास्थ्य सेवा प्रदान गर्दे आएकोमा हालसम्म छ सय कोरोनाका बिरामीको उपचार गरेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौतमले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले सोही अस्पतालमा व्यवस्था गरिएको सात शैयाको सघन उपचार कक्ष (आइसीयू) सेवाको समेत शुभारम्भ गरे । अस्पतालको जग्गा एक सय रोपनी रहेको छ ।

प्रतिकृया दिनुहोस्