Pokharapatra National Daily

मन्त्री गुरुङद्वारा शपथ

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आइतबार मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
गुरुङ यह िजेठ ५ गते बुधबार गराइएको शपथ ग्रहण समारोहमा काठमाडाँै भएका कारण उपस्थित हुनसक्नुभएको थिएन । नेकपा (एमाले)को समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित गुरुङ यसअघिको प्रदेश सरकारको पनि केही दिन युवा तथा खेलकूदमन्त्री हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्