Pokharapatra National Daily

पोखरा महानगरले लेखनाथको भवनबाट कोरोना अस्पताल संचालन गर्ने

लायन्स क्लवद्धारा ५० वेड सहितको स्वास्थ्य सामाग्री अस्पताललाई सहयोग

पोखरामा दिन प्रतिदिन कोरोना संक्रमण तथा मृत्यु दर बढेसंगै अस्पतालहरुमा कोरोनाका बिरामी भरिएकाले पोखरा महानगरले साविक लेखनाथ नगरपालिकाको भवनमै आगामी एक साता भित्र कोरोना डेडिकेट अस्पताल संचालन गर्ने भएको छ ।
साविक लेखनाथको भवन तथा पोखरा २७ मा एक साता भित्र एक सय बेडको कोभिड अस्पताल स्थापना गर्न आफुहरु तयारीमा लागेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।
महानगरले आन्तरिक ढंगले उक्त अस्पतालमा चिकित्सक, सहितका स्वास्थ्यकर्मीको व्यबस्थापन समेत गरिसकेकोले ढिलोमा जेठ १४ गते भित्र कोरोना डेडिकेट अस्पताल संचालन गरीने भएको मेयर जिसीले हामीलाई बताए । कोरोनाको दोश्रो लहर पोखरा क्षेत्रमा हाल भयाभह अबस्थामा पुगेकोले त्यसलाई मध्यनजर गरी जती सक्दो छिटो निःशुल्क रुपमा आम जनताको सेवा उपलब्ध गराउने गरी उक्त अस्पताल संचालन गर्न लागिएको उनले बताए ।
विहीबार लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ बाट ५० वेड सहितको स्वास्थ्य सामाग्रि प्राप्त गरेसंगै साविक लेखनाथ नगरपालिकाको भबनमा कोरोना आइसोलेसन अस्पताल संचालन गर्न थप सहज भएको मेयर जिसीले जनाए । ४ वटा भेन्टिलेटर सहित हाई फ्लो नजल र अक्सिजन सहितको सेवा उपलब्ध गराउने गरी आफुहरुले हाल आन्तरिक तयारीमा लागेको मेयर जिसीले उल्लेख गरे । उनका अनुसार लायन्स क्लवबाट प्राप्त सहयोग बाहेक उक्त अस्पताल संचालन गर्न महानगरले करिब एक देखि डेढ करोडसम्म पहिलो चरणमा लगानी गर्ने भएको छ । उनले भने “लायन्स क्लवले केही स्वास्थ्य सामागी्र उपलब्ध गराएको छ, त्यसमा हामीले कर्मचारी देखि आन्तरिक तयारी गर्नु पर्ने भएकोले गर्दा ढिलोमा जेठ १३ गते देखि पहिलो चरणमा कम्तिमा ५० वेडको सेवा संचालन हुने गरी तयारीमा जुटेका छौं ।”
अस्पतालको भवनमा हाल अक्सिजन पाइप जडान, इलेक्ट्रोनिक, फार्मेसी व्यबस्थापन देखि सौचालयसम्मको व्याबस्थापनको काम अन्तिम चरणमा पुगेको मेयर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । अस्पतालमा १० वेड सेमि आई.सि.यू. सहित ५० वेडको हाई फ्लो नजल र अक्सिजन जडान गरिने भएको उनले जनाए ।
यसैबिच, साविक लेखनाथ नगरपालिकामा पोखरा महानगरपालिकाले संचालनमा ल्याउन लागेको एक सय बेडको, कोभिड आइसुलेसन वाड हस्पिटलको लागी लायन्स क्लवले एक समारोहका बिच विहिबार स्वास्थ्य सामाग्रि सहयोग हस्तान्तरण गरेको हो । लायन्स क्लवका सहयोग समितिका संयोजक मोहन बाबु खड्काले मेयर जिसीलाई विहीबार स्वास्थ्य सामाग्रि सहयोग हस्तानत्रण गरेका हुन् ।
कास्कीका प्रमुख जिज्ला अधिकारी थानेश्वर गौतमको सहभागितामा क्लवले उक्त सहयोग हस्तान्तरण गरेको हो । लायन्स क्लवले स्थानिय रुपमा विभिन्न व्यत्ति तथा संघ संस्थाको सहयोगबाट करिब ५० लाख मुल्य बराबरको सहयोग गरेको लायन्स क्लवका डिष्ट्रिक गर्भनर मन बहादुर रोकाले बताए । स्थानिय सहभागिता अनुसार महानगरको ११ लाख लगानी सहितमा लायन्स क्लवले पुनः करिब ३२ लाख मुल्य बराबरका ३ थान भेन्टिलेटर, हाई फुलु नजल र ४÷५ वटा लक्जरीएस वेड समेत सहयोग गर्ने भएको उनले जनाए ।
कोभिड अस्पताल पश्चात भविश्यमा वालवालिका केन्द्रित अस्पताल निर्माण भएसंगै भोलिका दिनमा समेत क्लवले सहयोग गर्ने भएको डिष्ट्रिक गर्भन रोकाले जनाए । क्लवले काठमाण्डौंमा जनमैत्रि अस्पतालमा १० लाख मुल्य बराबरको हाई फ्लो नजल मेसिन सहितको स्वास्थ्य सामाग्रि सहयोग गरेको उनले जनाए । कोभिडको लागि काठमाण्डौंमा हसन गोपाली र पोखरा क्षेत्रको सहयोग समितिको संयोजकमा मोहन बाबु खड्का रहेको रोकाले जनाए ।
क्लवले साविक लेखनाथमा निर्माण हुने कोभिड अस्पताललाई मेडिकल वेड जनरल २५ थान, मेडिकल वेड डिलक्स १५ थान, मेडिकल वेड मिनि आई.सि.यू. १० थान, हेड आई. भि. पोल ३५ थान, अटोक्लेभ मेसिन एक थान, वेड म्याट्रेक्स र सिरानी ५० थान, बेड साइड लकर ३५ थान अक्सिजन अन्सल्ट्रेटर मेसिन ९ थान, क्रयास काट ट्रलि २ थान र ओभर वेड टेवल १५ थान र वेड सिट एक सय थान सहयोग हस्तान्तरण गरेको क्लवले जनाएको छ ।
क्लवले उक्त सहयोग जुटाउन सहयोग गर्ने नमस्ते कम्युनिटी फाउन्डेसन, मेघा बैंक , कास्की जिज्ला कवाडी संघ, पृथ्वी राजमार्ग बस संचालक कम्पनि, नेलम्बो नेपाल लगायतका संघ संस्थालाई संयोजक खड्काले धन्यवाद ज्ञापन गरेका छन्। साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको थियो । साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको थियो । वडा कार्यालय छोडेर भाडामा घर खोज्दै हिड्नु परेको पोखरा वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले बताए ।
महामारीमा जनता बचाउनु ठुलो कुरा भएको बताएका उनले वडा कार्यलय अनेत्र व्यबस्थापन गर्ने उनले जनाए । लायन्स क्लवले गण्डकी क्षेत्रका क्लवहरुलाई अभियानमा सहयोग गर्न आब्हान समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्